Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०९, २०८१
Wednesday, January 22, 2025

काठमाडौं – राष्ट्रपति डा. रामवरण यादवले पूर्व प्रधानमन्त्री तथा साहित्यकार लोकेन्द्रबहादुर चन्दद्वारा लिखित कथा सङ्ग्रह ‘पाहुना घर’ र हास्यव्यङ्ग्य ‘कुर्सी’ कृतिको राष्ट्रपति भवन शीतल निवासमा हिजो आयोजित कार्यक्रममा लोकार्पण गर्नुभयो ।

मदन पुरस्कारबाट पुरस्कृत चन्दको यसअघि कथा, कविता र निबन्धसमेत झण्डै एक दर्जन कृति प्रकाशित छन् । उहाँका तीन कृति प्रकाशोन्मुख छन् । बाह्रौं खेलाडी लगायतका कृतिबाट चर्चित रहनुभएका साहित्यकार चन्द राजनीतिमा पनि सफल मानिनुहुन्छ ।

राजेन्द्रबहादुर अधिकारी प्रकाशक रहनुभएको व्यङ्ग्य कृति कुर्सीमा १४ निबन्ध रहेका छन् । त्यस्तै सानुकाजी हेका प्रकाशक रहनुभएको द्वन्द्वकालिन कथा सङ्ग्रह पाहुना घरमा सातवटा कथा समेटिएका छन् ।

कार्यक्रमा राष्ट्रपति डा. यादवले साहित्य समाजको दर्पण हो भन्दै साहित्यकारहरूले आफ्नो कृतिमार्फत दिने सन्देश तथा चेतना देश विकासका लागि प्रेरणादायी हुने बताउनुभयो ।

समाजका विभिन्न क्रियाकलाप, सुखदुःख तथा मानवीय मूल्य मान्यतालाई साहित्यकारले आफ्ना रचनामा अभिव्यक्त गर्ने र त्यसबाट समुन्नत समाज निर्माणमा मद्दत पुग्ने उहाँले बताउनुभयो ।

कृतिका लेखक चन्दले आफूले आफ्नो जीवनमा भोगेका घटनाहरूलाई कृतिमा अभिव्यक्त गर्ने प्रयत्न गरेको बताउँदै साहित्य, कला र संस्कृतिको विकासमा सबैको सहयोग आवश्यक छ भन्नुभयो ।

कार्यक्रममा नेपाली काँग्रेसका नेता नरहरि आचार्य, नेकपा एमालेका नेता प्रदीप नेपाल, राष्ट्रिय जनशक्ति पार्टीका नेता डा. प्रकाशचन्द्र लोहनी, साहित्यकार राजेश्वर देवकोटा र प्रा. डा. दयाराम श्रेष्ठले राजनीतिक रुपमा सफल चन्दको साहित्य लेखन पनि उत्तिकै सशक्त रहेको बताउनुभएको थियो । ***

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया