Deneme Bonusu Veren Siteler
शुक्रबार, पौष १९, २०८१
Friday, January 3, 2025
अङ्कारा- सिरियामा मारिएकी जापानी पत्रकारको शव टर्की पुर्‍याइएको छ । द्वन्द्वग्रस्त अलेप्पो सहरमा हिजो एकजना जापानी महिला पत्रकारको ज्यान गएको थियो ।
सिरियाको द्वन्द्वग्रस्त सहर अलेप्पोमा जापानकी पत्रकार ४५ वर्षीया मिका यामामातो सिरियाली सरकारी सैनिकद्वारा मारिएकी थिइन् । उनको शव सिरियाका विद्रोहीहरुको सहयोगमा सिरियाली छिमेकी देश टर्कीमा पुर्‍याइएको बताइएको छ ।
विगत करिब एक महिनादेखि सरकारी सेना र विद्रोहीको द्विपक्षीय भिडन्त जारी नै रहेको सो अलेप्पो सहरमा सरकारी सेनाको गोली लागेर उनको ज्यान गएको समाचारमा जनाइएको छ । जापानको विदेश मन्त्रालयले उनको शव टर्कीसम्म पुर्‍याइएको बताएको छ ।
यामामातो जापानको जापान प्रेस न्युज एजेन्सीमा कार्यरत पत्रकार हुन् । उनले सो संस्थामा सन् १९९६ देखि काम गरिरहेकी थिइन् । विदेश मन्त्रालयको विज्ञप्तिमा उनी एक कुशल द्वन्द्व पत्रकार रहेको बताइएको छ ।
यसअघि पनि उनले सन् अफगानिस्तान र इराकमा रही द्वन्द्व रिपोर्टिङ गरेकी थिइन् । उनी सिरियामा विगत केही महिनाअघिदेखि कार्यरत रहेकी थिइन् ।
अलेप्पो सहरबाट आˆनो गन्तव्यतर्फ लाग्दै गर्दा एउटा सैनिक समूहले उनीमाथि गोली प्रहार गरेको प्रत्यक्षदर्शी समाचारदाताहरुले जनाएका छन् । जापानी पत्रकारको हत्या सरकारी सेनाले नै गरेको बताइएको छ ।
 सो हत्याको दृश्यलाई युटुबमा राखिएको छ । सो दृश्यमा समाचार सङ्कलनका लागि अलेप्पो हुँदै आफ्नै कारमा सवार ती समाचारदातामाथि आक्रमण भएको देखाइएको छ ।
यसैबीच सो घटनापछि हराएका अरु तीनजना विदेशी पत्रकार पनि सम्पर्कमा आएका छैनन् । एकजना अरबी पत्रकार भन्छन्- तीनजना सम्वाददाता हराएको समाचार प्राप्त भएको छ र अहिलेसम्म उनीहरुको अवस्थाबारेको कुनै खबर प्राप्त भएको छैन ।
यसअघि पनि सिरियामा एकजना अमेरिकी र दुई फ्रान्सेली पत्रकारको ज्यान गइसकेको छ । कतिपय द्वन्द्वग्रस्त क्षेत्रमा अहिले पनि समाचार सङ्कलनका लागि निकै गाह्रो भएको बताइन्छ ।
सरकारी ज्यादतिका समाचार विदेशी सञ्चारमाध्यमहरुले सम्प्रेषण गर्ने भएकोले विदेशी सञ्चारमाध्यमहरुलाई सिरियाको सरकारी सेनाले विगतदेखि नै तारो बनाउँदै आएको छ । सिरियामा जारी आन्दोलनका क्रममा हालसम्म चारजना विदेशी पत्रकारको ज्यान गइसकेको छ ।
तपाईको प्रतिक्रिया