Deneme Bonusu Veren Siteler
शुक्रबार, पौष १९, २०८१
Friday, January 3, 2025
काठमाडौँ- नेपाली कांग्रेसले आफ्ना केन्द्रीय सदस्य खुमबहादुर खड्काविरुद्ध सर्वोच्च अदालतले गरेको फैसला नमान्ने भएको छ ।
पार्टी मुख्यालय सानेपामा बिहीबार बसेको कांग्रेस केन्द्रीय समितिको बैठकले खड्काविरुद्ध अन्याय भएको भन्दै पुनरावलोकनका लागि जाने निर्णय गरेको छ ।
न्यायाधीशद्वय कल्याण श्रेष्ठ र वैद्यनाथ उपाध्यायको इजलासले मंगलबार पूर्वमन्त्री खड्काले पदको दुरुपयोग गरी भ्रष्टाचार गरेको ठहर गर्दै डेढ वर्ष कैद र ९४ लाख ७४ हजार रुपियाँ बिगो र बिगो बमोजिमको जरिवानाको फैसला सुनाएको थियो।
खड्कालाई फसाएको भन्दै कांग्रेस कार्यकर्ताले बिहीबार पनि पार्टी कार्यालयमा नाराबाजी गरे । समर्थकहरुले आज खड्कालाई समर्थन गर्दै सानेपामा मोटरसाइकल र्‍याली गरेका थिए।
तपाईको प्रतिक्रिया