Deneme Bonusu Veren Siteler
बिहिबार, पौष १८, २०८१
Thursday, January 2, 2025

काठमाडौ – सर्वोच्च अदालतले पूर्वमन्त्री तथा कांग्रेस नेता खुमबहादुर खड्कालाई भ्रष्टाचारी ठहर गर्दै डेढ वर्ष कैद र ९४ लाख ७४ हजार रुपियाँ जरिवाना र स्रोत नखुलेको सम्पति जफत गर्ने आदेश दिएको छ। सर्वोच्चको फैसलापछि खड्का समर्थकहरुले झण्डासहित नाराबाजी गरेका कारण तनाव भएको छ।

सर्वोच्च परिसरमा आज बिहानैदेखि सुरक्षा व्यवस्था कडा पारिएको थियो। न्यायाधीश कल्याण श्रेष्ठ र वैद्यनाथ उपाध्यायको संयुक्त इजलासले ७४ पृष्ठको फैसला सुनाउँदै खड्काले पदको दुरुपयोग गरी भ्रष्टाचार गरेको ठहर गरेका हुन्।

भ्रष्टाचारी ठहर हुने यो फैसलापछि खड्काको राजनीतिक जीवनमा औपचारिक रुपमा विराम लाग्ने भएको छ। नैतिक पतन देखिने फौजदारी अभियोग प्रमाणित भएको हुनाले उनले अब न निर्वाचनमा उम्मेदवार बन्न पाउनेछन्, न अरु कुनै सार्वजनिक पदमा नै बस्न पाउने छन्। अन्तिम अदालतको फैसला हुनाले उनले यसबारे पुनरावलोकन पनि गर्न पाउने छैनन्।

फैसलाको विरोध गर्दै खुमबहादुरका समर्थकले सर्वोच्च अदालत अगाडि दुई ट्याक्सी तोडफोड गरेका छन्। तोडफोडमा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पटक-पटक मन्त्री हुँदा पदीय दुरुपयोग गरी २ करोड ३६ लाख सम्पत्ति कमाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खड्काविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो। विशेषका तत्कालीन न्यायाधीश भूपध्वज अधिकारी, कोमलनाथ शर्मा र चोलेन्द्रशमशेर जबराको इजलासले खड्काको १२ लाख रुपैयाँको मात्र स्रोत नखुलेको र त्यो रकमलाई अवैध भन्नु नपर्ने भन्दै २०६३ साल कात्तिक २९ मा सफाइ दिएको थियो।

पाँच वर्षदेखि सर्वोच्चमा विचाराधीन खड्काको मुद्दामा लामो बहसपछि फैसला हुने मिति तोकिएको हो। विशेषको फैसला नियोजितरूपमा खड्कालाई उन्मुक्ति दिने खालको भनी अख्तियारले २०६३ साल चैत १५ मा सर्वोच्चमा पुनरावेदन दिएपछि पाँच वर्षपछि मुद्दा फैसला भएको हो। ***

तपाईको प्रतिक्रिया