Deneme Bonusu Veren Siteler
शुक्रबार, पौष १९, २०८१
Friday, January 3, 2025
काठमाडौ- पूर्व सांसद मञ्चले मुलुकमा पछिल्लो समयमा जारी राजनीतिक र संबैधानिक गतिरोधप्रति चिन्ता प्रकट गर्दै निकासका ७ उपाय प्रस्ताव गरेको छ ।
सोमबार रिपोर्टर्स क्लब नेपालमा आयोजित कार्यक्रममा हिमाल, पहाड र तराईका २१ क्षेत्रका जनतासँग प्रत्यक्ष संबाद गरी गरिएको अनुसन्धानको आधारमा सूचिकृत गरिएको गतिरोध अन्त्यको ७ उपाय मञ्चकातर्फबाट प्रस्ताव  गरिएको हो ।
जसमा राजनीतिक दलहरुको सहमतिमा तत्काल सहमतिको राष्ट्रिय सरकार गठन गरेर अगाडि बढ्नु गतिरोध अन्त्यको प्रस्थान विन्दु हुनेमा जोड दिईएको छ ।
त्यसैगरी ताजा जनादेशमा जान अहिले कायम रहेको २४० निर्वाचन क्षेत्र र त्यसको एक तिहाई सदस्य रहने माथिल्लो सभालाई समानुपातिक आधारमा गठन गर्ने ब्यवस्था गरी ६ महिनाभित्रमै निर्वाचन गराउने र सोही संसदलाई संविधानपारित गर्ने अधिकार समेत दिएर अहिलेको विवादको अन्त्य गर्नु पर्ने मञ्चको प्रस्ताव छ ।
मन्चले विघठित संविधानसभालेगरेको काम र सहमतिलाई  ग्रहण गरेर  विवादित विषयमा दलहरुवीच सहमति कायम गराई संविधानको मस्यौदा निर्माण गर्न मस्यौदा आयोग गठन गर्ने, संसदको पहिलो अधिवेशनमा उक्त विद्येयकपेश गरी पारित गराएर जारी गर्ने प्रस्ताव पनि गरेको छ ।
त्यसैगरी दलहरुवीच विवादित रहँदै आएको राज्य पुनःसंरचनको विषयमा ताजा जनादेशमा जानु अघिनै सहमति गर्ने र त्यसकालागी सबैको भावना र आर्थिक सम्भाब्यता हुने उत्तर दक्षिण हुने गरी कोशी, गण्डकी र कर्णाली प्रदेश र एक केन्द्रीय गरी चार प्रदेश बनाउनु पर्ने, प्रधानमन्त्री कार्यकारी प्रमुख रहने गरी शासकीय स्वरुपको निर्धारण गरिनु पर्ने र विगत १५ वर्ष देखी हुन नसकेको स्थानीय निकायको निर्वाचन हुनु पर्ने प्रस्ताव मन्चको छ ।
मन्चले प्रस्तुत प्रस्तावमा प्रमुख दलहरु एकीकृत नेकपा माओवादी, नेपाली काग्रेस र नेकपा एमाले सहितका दलहरुको समेत सहमति रहेको दावी कार्यक्रममा गरिएको छ ।
कार्यक्रममा मञ्चका अध्यक्ष पूर्व सभामुख तारानाथ रानाभाटले संसारभरी पूर्वसभासदहरुको अनुभव, ज्ञान र क्षमतालाई राज्यले उपयोग गर्ने प्रचलन रहे पनि नेपालमा भने विडम्बनापूर्ण अवस्था रहेकेा गुनासो गर्दै संविधानसभालाई छलफलको थलो नबनाई रिसोर्टमा छलफल गरेर जनतालाई कुनै जानकारी नदिएकोले मुलुकमा समस्या आएको दावी गरे ।
उनले नेपालमा अब फेरि राजतन्त्र ब्यूँतिने सम्भावना नरहेको भन्दै स्वतन्त्र चुनावी सरकार गठन गरिए त्यसको नेतृत्वकालागी आफ्नो दावी रहेको बताए ।
पूर्व सभासद ओमकार श्रेष्ठले पार्टीभित्र र बाहिर भईरहेकेा द्धन्द्धले संविधान बन्न नसकेको भन्दै गतिरोध अन्त्यकेालागी राष्ट्रपति आफै क्रियाशिल भएर दलहरुलाई पनि क्रियाशिल बनाउनु पर्ने धारणा राखे ।
उनले सर्वपक्षीय गोलमेच सम्मेलनबाट मुलुकलाई निकास दिनु पर्ने भन्दै त्यहीबाट निर्वाचित प्रतिनिधीबाट संविधानको घोषणा गर्नु पर्ने  माग गरे ।
मञ्चका महासचिव शंकर नाथ अधिकारीले मञ्चमा आबद्ध सबै दलको प्रस्तावमा समर्थन भएको भन्दै यसले मुलुकलाई निकास दिन सक्ने विश्वास ब्यक्त गरे । मुलुकमा संबाद र निकासको उपाय हिनताको अवस्थामा मञ्चको प्रस्तावलाई सहमतिको उपायको रुपमा लिई छलफल चलाउन आग्रह गरे ।
विष्णुबहादुर राउतले निकासकोलागी सहमतिको विकल्प नभएको उल्लेख गर्दै दलहरु आ आफ्नो स्वार्थबाट माथि उठ्न नसक्दा मुलुकले निकास नपाएको बताए ।
शारदा पोख्रेलले आफूहरुको प्रस्तावमा माओवादी सहितका सबै दलका पूर्व सभासदहरुको सहमति रहेकेाले यसले मुलुकलाई निकास दिने विश्वास ब्यक्त गरिन । उनले यसलाई प्रस्तावको रुपमा दलहरुवीच छलफल चलाउ आग्रह समेत गरिन ।
तपाईको प्रतिक्रिया