Deneme Bonusu Veren Siteler
शुक्रबार, पौष १९, २०८१
Friday, January 3, 2025
काठमाडौं– लामो समयदेखिको आन्तरिक विवाद मिलेपछि नेपाल विद्यार्थी सङ्घले आफ्नो महाधिवेशन माघको पहिलो साता गर्ने भएको छ ।
कांग्रेस विद्यार्थी विभाग प्रमुख नविन्द्रराज जोशीले नेविसङ्घभित्रको विवाद अन्त्य भएको र महाधिवेशन माघको ५, ६ र ७ गते गर्ने निर्णय भएको जानकारी दिँदै महाधिवेशन हुने स्थानका बारेमा भने पछि टुङगो लगाइने बताउनुभयो ।
संस्थापन र वरिष्ठ नेता शेरबहादुर देउवापक्षका नेविसङघका नेताबीच आन्तरिक विवाद मिलेपछि माघको पहिलो साता महाधिवेशन गर्ने निर्णय भएको हो ।
संस्थापनले महाधिवेशन तोकेलगत्तै देउवा पक्षका विद्यार्थीले पनि अलग महाधिवेशनको मिति घोषणा गरेपछि विवाद उत्पन्न भएको थियो । दुई समूहले अघिल्लोपटक घोषणा गरेका महाधिवेशनको मिति खारेज गर्दै नयाँ महाधिवेशनको मिति घोषणा गरिएको हो । महामन्त्री कृष्णप्रसाद सिटौला, विभाग प्रमुख जोशी, बद्री पाण्डेलगायतको उपस्थितिमा नयाँ महाधिवेशनको मिति घोषणा गरिएको हो ।
यसअघि दुबै पक्षबाट घोषणा भएका अलगअलग महाधिवेशनको मिति र स्थानको विवाद सहमतिमा टुङ्गिएको र अब एकढिक्का भई दुवै पक्ष माघको पहिलो साता हुने महाधिवेशनमा सहभागी जनाउने निर्णय भएको नेविसङ्घका अध्यक्ष रञ्जित कर्णले बताउनुभयो ।
तपाईको प्रतिक्रिया