Deneme Bonusu Veren Siteler
शुक्रबार, पौष १९, २०८१
Friday, January 3, 2025
सप्तरी- नेकपा (एमाले)का नेता केपी शर्मा ओलीले एमाओवादी अध्यक्षले पाँचबुँदे सहमतिको औचित्य सकिएको भनी शनिबार दिइएको अभिव्यक्ति फेरि प्रधानमन्त्री बन्ने चाल भएको टिप्पणी गर्नुभएको छ ।
राजधानीमा आयोजित एक कार्यक्रममा नेता ओलीले एमाओवादी अध्यक्षले अब पाँचबुँदे सहमतिको आधार सकिएको र अबको नेतृत्व काँग्रेसले नपाउने भनी दिएको अभिव्यक्ति पुनः प्रधानमन्त्री बन्ने चाल हो भन्नुभयो ।
सप्तरी सदरमुकाम राजविराजमा आज बिहान एमालेका अगुवा कार्यकर्ता भेटघाटका क्रममा नेता वलीले भन्नुभयो-काँग्रेसले प्रधानमन्त्रीको उम्मेदवारी प्रस्तुत नगरेकै कारण डा बाबुराम भट्टराई नेतृत्वको वर्तमान सरकारको आयु लम्बिएको हो । सहमतीय सरकारको नेतृत्व काँग्रेसले गर्ने भनिए पनि आन्तरिक किचलोका कारण उम्मेदवारी तय गर्न नसकेकाले वर्तमान सरकारले अहिलेसम्म निरन्तरता पाएको छ ।
काँग्रेसका नेताहरूले एमाओवादीले किस्तीमा प्रधानमन्त्री दिन्छ भने सोचेर आफूहरूले सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन गरेको आग्रह काँग्रेसका नेताहरूले अस्वीकार गरेको आरोप लगाउँँदै उहाँले एमाले-काँग्रेस सोझा भएकै कारण एमाओवादीले यस्तो स्थिति सिर्जना गरेको विचार व्यक्त गर्नुभयो ।
तपाईको प्रतिक्रिया