Deneme Bonusu Veren Siteler
शुक्रबार, पौष १९, २०८१
Friday, January 3, 2025
काठमाडौं– विश्व आदिवासी जनजाति दिवसको अवसर पारेर आदिवासी जनजाति अगुवाहरुको पहलमा बिहीबार ‘सामाजिक–लोकतान्त्रिक बहुल–राष्ट्रिय पार्टी’को घोषणापत्र सार्वजनिक भयो ।
सार्वजनिक कार्यक्रममा जनजाति अगुवा देखिए पनि कांग्रेस, एमाले र माओवादीका असन्तुष्ट जनजाति नेताहरु देखिएनन् । यसबारे पत्रकारले जिज्ञासा राखेका थिए । पार्टी बनाउन लागेका पूर्व एमाले सभासद् पासाङ शेर्पाको जवाफ थियो– ‘अरु नेता पूर्वनिर्धारित काममा व्यस्त हुनुभयो, पृथ्विसुब्बा गुरुङ चाँही अमेरिका जानुभएको छ ।’
बिहान भएको कार्यक्रमबाट फर्किएका पत्रकारले गुरुङलाई भने अनामनगरस्थित विघटित संविधानसभाको जनजाति ककस कार्यालयमा भेटे । तर उनको जवाफ अर्कै थियो । ‘मलाई कार्यक्रममा बोलाइएन,’ उनले भने, ‘सायद अरुलाई पनि बोलाएकोजस्तो मलाई लाग्दैन, उहाँहरुले हामीलाई आवश्यक ठान्नुभएन ।’
गुरुङसहित एमाले उपाध्यक्ष अशोककुमार राई, पोलिट्ब्युरो सदस्यद्वय पृथ्विसुब्बा गुरुङ, रामचन्द्र झा, केन्द्रीय सदस्यहरु किरण गुरुङ, रकम चेम्जोङ, राजेन्द्र श्रेष्ठ, वैकल्पिक केन्द्रीय सदस्य अजम्बर काङबाङ राई, कांग्रेसका आइबी गुरुङ र  जिपछिरिङ शेर्पा, एनेकपा (माओवादी)का सुरेश आलेमगर, आदिवासी जनजाति महासङ्घका अध्यक्ष राजकुमार लेखीलगायत आदिवासी जनजाति नेताको सहभागिता थिएन ।
नयाँ राजनीतिक पार्टी गठन गर्ने तयारीप्रति आदिवासी जनजाति नेताहरुकै मतैक्यता हुन नसकेपछि बिहीबार घोषणापत्र मात्र सार्वजनिक भएको छ ।
नयाँ राजनीतिक शक्ति निर्माण कार्यदलद्वारा नयाँ पार्टीको घोषणा गर्ने भनेर विभिन्न सञ्चारमाध्यमलाई निमन्त्रणा गरिए पनि प्रस्तावित ‘सामाजिक–लोकतान्त्रिक बहुल–राष्ट्रिय पार्टी’को घोषणापत्र मात्र सार्वजनिक गरियो ।
गत असार २० र २१ गते सम्पन्न आदिवासी जनजाति सम्मेलनले नयाँ राजनीतिक शक्ति निर्माणको आवश्यकता औँल्याइएअनुसार त्यसलगत्तै निर्मित कार्यदलले छलफल र परामर्श गरी जातीय, वर्गीय, क्षेत्रीय र लिङ्गीयलगायतका जनताका आवश्यकता सम्बोधन गर्ने गरी नयाँ पार्टी स्थापनाको प्रस्ताव गरिएको थियो तर आदिवासी जनजाति नेताबीच मतैक्यता हुन नसक्दा प्रस्तावित नयाँ पार्टीको घोषणापत्र मात्र सार्वजनिक गरिएको छ ।
कार्यदलका संयोजक डा. चैतन्य सुब्बाले हाल छलफलकै क्रममा रहेको र नयाँ पार्टी निर्माणका लागि विभिन्न राजनीतिक दलका नेता, जनजातिका अन्य पार्टी तथा स्थानीयस्तरका जनताका बीचमा व्यापक छलफल गरेर असोज १५ गतेसम्म नयाँ पार्टीको स्थापना गरिने जानकारी दिए ।
तपाईको प्रतिक्रिया