मंगलबार, बैशाख १८, २०८१
Tuesday, April 30, 2024
काठमाडौं– एक अर्कामा नाम जोडिँदै आएका माओवादी अध्यक्ष प्रचण्ड र व्यापारी अजय सुमार्गी अचानक मकवानपुरको पर्यटकीय स्थान दामन पुगेका छन् ।
प्रचण्ड गाडीबाट दामन पुगेलगत्तै मंगलबार साँझ सुमार्गी हेलिकोप्टरमा पुगेको सुरक्षा स्रोतले जनाएको छ । तर प्रचण्ड दामन पुगेको खबर सार्वजनिक गरिएको छैन ।
माओवादीले सम्पत्ति छानबिनका लागि आयोग गठन गरेर काम अगाडि बढाइरहेकाबेला प्रचण्डको दामन यात्रालाई शंकाकारुपमा हेरिएको छ । प्रचण्डको ‘ब्याक सपोर्ट’मा सामान्य व्यक्ति सुमार्गी अर्बौंको मालिक भएका छन् ।

तपाईको प्रतिक्रिया