टोकियो – जापान मनी एक्स्प्रेस (JME) ले एक्सप्रेस मनिको जापानका लागि आधिकारिक एजेन्ट प्राप्त गरी आज जुलाई १ बाट जापानबाट संसारको १०० भन्दा बढी मुलुकमा रकम पठाउने कारोवार शुरु गरेको छ । यस सुखद अवसमा जेएमईले जापानी येन १ लाख (१० मान) सम्म नेपाल रकम पठाउँदा रेमिट्यान्स शुल्क मात्र ४५० येनमा पठाउन सकिने नयाँ क्याम्पेन समेत शुरु गरेको छ ।
उक्त क्याम्पेन आज जुलाई १ तारिख आइतबारबाट लागु हुने गरी शुरु गरिएको बताईएको छ । उक्त कुरा जेएमईको तर्फबाट प्रमुख कार्यकारी अधिकृत डिपि अर्यालले जारी गर्नुभएको बिज्ञप्तीमा उल्लेख छ ।
सो भन्दा माथि रकम पठाउदा भने साबिकै बमोजिम अर्थात ८५० येन लाग्ने कुरा जेएमईले जनाएको छ । जेएमई रेमिटले नेपालको लागि एक्सप्रेस मनिको सुपर एजेन्टकोरुपमा कार्य गर्ने सम्बन्धि सम्झौता पनि हुन गईरहेको बिज्ञप्तीमा उल्लेख छ ।
बिज्ञप्तीमार्फत जेएमईले शुल्क सम्बन्धि सुबिधा सीमित अबधिको लागि मात्र भएको हुँदा समयमै ग्राहक बनि फाइदा उठाउन सबैमा अनुरोध गरेको छ ।
सोही बिज्ञप्ती मार्फ़त स्थापनाकाल देखि हालसम्म जे एम् ईको सेवाको उपयोग गरी साथ दिनुहुने सम्पूर्ण ग्राहक बर्गहरुमा हार्दिक धन्यबाद ब्यक्त गर्दै आगामी दिनहरुमा पनि बिभिन्न नयां योजनाका साथ ग्राहकहरुको माझ आउने प्रतिबद्धता पनि ब्यक्त गरिएको छ । ***