Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०२, २०८१
Wednesday, January 15, 2025
काठमाडौँ- नेकपा (एमाले) का उपाध्यक्ष अशोक राईलगायतका असन्तुष्ट नेताहरुले आफूहरु आजबाट सुरु हुने पार्टीको राष्ट्रिय कार्यकर्ता भेलामा सहभागी नहुनुका विभिन्न कारण र अडान सार्वजनिक गरेका छन्। उनले आफूहरुले अघि सारेको नौ वुँदे माग लत्याइएकोसमेत आरोप लगाएका छन्।
उपाध्यक्ष राईले आज एक प्रेस विज्ञप्ति जारी गर्दै संविधानसभाको विघटन भएको सन्दर्भमा गत जेठ ३० गते नौबुँदे मागसहितको ‘वर्तमान परिस्थितिका सम्बन्धमा हाम्रो मतु नामक दस्तावेज दुईपक्षीय छलफल चलाई उपयुक्त निष्कर्ष निकालिने काम हालसम्म नभएको बताए।
सो सन्दर्भमा उनले राष्ट्रिय भेलामा नौबुँदे मागलाई औपचारिकरुपमा प्रस्तुत गर्न पार्टीको उपयुक्त निकायबाट निर्णय गराई अविलम्ब औपचारिक जानकारी पठाइनुपर्ने अडान राखेका छन्।
यसैगरी, सोलुखुम्बु जिल्ला कमिटी उपसचिव आङकाजी शेर्पालाई स्थायी कमिटीको निर्णयबाट पार्टी सदस्यबाट समेत हटाइएकामा उक्त निर्णय तुरुन्त फिर्ता लिन माग गरिएको छ।
उपरोक्त मुद्दालाई सम्बोधन नगरिए राष्ट्रिय भेला र पार्टीका आगामी कार्यक्रम र बैठकहरु बहिष्कार गर्ने आफूहरुले निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ।
एमालेको राज्य पुनःसंरचनाको विषयमा पार्टीले पुरानो नीति त्यागेको भन्दै केही आदिवासी जनजाति र मधेसी नेताहरुले असन्तोष जनाउँदै आएको छ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया