किशोर नेपाल- यसपटकको गणतन्त्र दिवसमा कुनै उल्लास देखिएन। संविधान सभाको अवसानको अवसाद सवैको अनुहारमा देखियो। अपरान्ह तीनवजेतिर राजतन्त्रका समर्थकहरुको निकै तगडा र्याली निस्कियो। लोकतान्त्रिक समाजको परिकल्पनागर्नेहरुका लागि यो एकप्रकारको भावनात्मक चुनौति नै थियो। प्रधानमन्त्री वावुराम भट्टराईले लोकतन्त्रको सवभन्दा ठूलो हतियार चुनावको प्रयोग गरेर संविधान सभापछि पनि आफनो निरन्तरता कायम राख्ने दाउ खेलेपछि संशयमा रहेका नेपालीका लागि राजा समर्थकहरुको भीडले झस्कायो भने त्यो अनौठो थिएन।
लोकतन्त्रमा संसद भंगगर्ने र ताजा चुनाव गराउने काम प्रधानमन्त्रीको अग्राधिकार भित्र पर्दछ। त्यसैले वावुराम भट्टराईले प्रधानमन्त्रीका रुपमा गर्नु भएको चुनाव घोषणा उहाँको अग्राधिकारभित्र पर्दैन भन्न मिल्दैन। यति हो कि, चुनाव घोषणा गर्नुअघि उहाँले कुनै संसद भंग गर्नु परेन। प्रतिपक्षीहरुलाई विश्वासमा लिनु पनि परेन। जो भएको संविधान सभा मध्य रात वाह्रवजे स्वतः खरानीको थुप्रोमा परिवर्तन हुँदै थियो। चुनाव घोषणा हुनुभन्दा केही दिन अघि नै राष्ट्रिय सरकारका रुपमा वावुराम सरकारको नाटकीय रुपान्तरण भै सकेको थियो। कांग्रेसका जेहेन्दार कृष्णप्रसाद सिटौला र एमालेका जिम्मेवार ईश्वर पोखरेल भट्टराई सरकारका स्तम्भ वन्नु भएको थियो। चुनाव घोषणाको वेलासम्म सिटौला र पोखरेलको वैधानिक सरकारी हैसियतमा प्राविधिक रुपले कति फरक आएको थियोरु त्यसको निर्क्योल नभएसम्म वावुराम सरकारको राष्ट्रिय हैसियत अलमलमा पर्नु स्वाभाविक हो। तर, राष्ट्रपतिले यो घटनामा हस्तक्षेपगर्ने सम्भावना भने निकै कम छ।
वावुराम भट्टराईसंग नयाँ संविधान लेखनमा सहमति निर्माणका थुप्रै विकल्पहरु वाँकी नरहेका थिएनन। तर, उहाँको मनोगत आकांक्षाहरुको परिपूर्तिका लागि भने चुनावको अर्को विकल्प थिएन। मुलुक निर्माणका लागि अत्यन्त हतारमा देखिनुहुने प्रधानमन्त्री भट्टराईले आफनै पार्टी, अन्य राजनीतिक पार्टीहरु, जाति(जनजाति, पुल्लिंगी, स्त्रीलिंगी, उभय लिंगी, वुध्दि विक्रेता, लविइस्ट कसैसंग पनि चुनावका वारे सल्लाह गर्नु भएन। चुनाव गराउने उहाँको निर्णयलाई साहसिक भनेर प्रशंसागर्न राजधानीको एउटा सत्ता केन्द्रित रैथाने वर्ग तयार नै थियो। वावुराम भट्टराई प्रधानमन्त्री भएको दिनदेखि उहाँको त्यागको वखान गरेर नथाक्ने मानिसहरु उत्साहित नहुने कुरै भएन। उसैपनि, लोकतान्त्रिक संसदीय मान्यताका प्रखर विरोधीका रुपमा स्थापित उहाँका लागि सम्मति, सहमति, वहस र छलफलको खासै महत्व थिएन। लोकतान्त्रिक राजनीतिको मूल्य पध्दतिका रुपमा स्थापित यस्ता वसिवियाँलोमा अल्भ्किएर समयको दुरुपयोगगर्न उहाँ तयार हुनुहुने त सवालै थिएन।
वावुरामले घोषणा गर्नु भएको चुनावी तोपको पहिलो लक्ष्य स्वयं माओवादी पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड हो भन्दा धेरैलाई यो अविश्वसनीय तर्क लाग्न सक्दछ। तर, सत्य यही हो। माओवादी पार्टीको शान्तिपूर्ण रुपान्तरणका लागि प्रचण्डको लगाव र परिश्रम नभएको भए नेपाली लोकतन्त्र अहिलेसम्म हिंसाको भवसागरमा नै रुमल्लिइ रहेको हुन्थ्यो। गिरिजाप्रसाद कोइराला जस्ता कठोर नेताले समेत सर्हाएका प्रचण्डको राजनीतिक साखमा प्रश्न चिन्ह लगाउने काम त्यतिवेलै शुरु भएको हो। शान्ति(प्रक्रिया पूर्णताको वाटोमा अघि वढदै जाँदा प्रचण्डको राक्षसीकरणको अभियान पनि समानान्तर चल्दै गयो। उहाँको लवाइ(खवाइ, वोलाइ, रवाफ र कार्यशैलीलाई राजधानीको त्यो सम्भ्रान्त वर्गले पचाउन सकेन जो अहिलेसम्म राणा एकतन्त्री, शाह अधिनायकवाद र उदार प्रजातान्त्रिक लगायत सवैप्रकारका शासन व्यवस्थामा शासक वर्गका रुपमा छाउँदै आएको छ। त्यसवेला देखि नै उनीहरुको आँखा आफनै मान्छेमा केन्द्रित थियो।
यसैवेला देखि वावुरामको पाखण्डलाई स्थापितगर्न प्रचण्डलाई फटाह र वेइमान सावितगर्ने आन्दोलन शुरु भयो। कुनै न कुनै समयमा सवै नेपाली नेताको हात नेपाली जनताको रगतले रंगिएको तथ्यलाई पन्छाउँदै प्रचण्डको हात पन्ध्र हजार नेपालीको रगतले रंगिएको हल्ला अहिले पनि खूव पिटिएको छ। तीन वर्ष अघिसम्म पनि माओवादी पार्टीले जुन युध्दका महानायक र परिवर्तनका अथक योध्दाँ का रुपमा परिचित गराएको उहाँको अवतारलाई अहिले माओवादी पार्टीको संस्थापन पक्षका नेताका रुपमा मात्र संकुचित गराउन खोजिएकोछ।
यसलाई प्रचण्डको दुर्भाग्य नै मान्नु पर्दछ, वावुरामले चुनावी तोपको पहिलो गोला प्रचण्ड तर्फ नै ताक्नु भएको छ। वावुरामले चाहेजस्तो चुनाव भएको खण्डमा पार्टी अध्यक्षका रुपमा उहाँले नै चुनावी अभियान हाँक्नु पर्नेछ। चुनावमा परिवर्तनका नारा पुरानै भएपनि जनताले संविधान सभाका चार वर्षको हिसाव किताव खोज्ने उहाँसंगै हो। माओवादी पार्टी एकता भीरको चिण्डोमा अडकिएको अहिलेको अवस्थामा प्रचण्डका लागि चुनावी रथ हाँक्नु सजिलो छैन। सहमतिमा संविधानको निर्माण हुन सकेको भए कुरा अर्कै हुन्थ्यो होला। अहिलेको अवस्थामा प्रचण्डले सामना गर्नुपर्ने प्रश्नहरुको डुंगुर लागेको छ भने समाधानका उपायहरु सीमित रहेकाछन।
वावुराम तोपको दोस्रो लक्ष्य वनेको छ नेपाली कांग्रेस। राजतन्त्र समाप्तिको अभियानमा माओवादीका लागि भरपर्दो सेल्टर वनेको कांग्रेस वावुरामको निमेसिस हो। माओवादीमा वावुरामको जोडा कांग्रेस विरोधी अर्को छैन भन्ने जानकारी कांग्रेस सभापति सुशील कोइरालालाई समेत पक्कै छैन भने सिटौलाको त कुरै नगरे भयो। किनभने, कांग्रेस पार्टी जानकारी, ज्ञान र सूचनाको आधारमा होइन, चाकरी, प्रतिशोध, घात(प्रतिघात र इर्ष्याको आधारमा चल्ने गरेको छ। इतिहासको दम्भ र वर्तमानको कुण्ठामा वाँचेको यतिवेलाको कांग्रेस पार्टी चुनावको सामना गर्न सक्षम देखिदैन। पार्टीगत राजनीतिवाट माथि उठीसक्नु भएका राष्ट्रपति को अगाडि पिटपिट्याउँदो अनुहार देखाएर सहानूभूतिको आशा राख्दैमा केही हुनेवाला छैन। राजनीतिका यथार्थहरु त्रू्कर हुन्छन। आगामी चुनावको ठेगान भएको खण्डमा यो पार्टीले आफूलाई कसरी जनताको दरवारमा उभ्याउने छरु माओवादीकै कारणले मात्र संविधान लेख्न नसकिएको यसको तर्क कति विक्ने छरु कांग्रेसको भविष्य रेखा यसै प्रश्नले कोर्नेछ।
एमाले र मोहन वैद्य वावुराम तोपको समान लक्ष्यमा रहेका छन। वावुरामका लागि त्यो लक्ष्यको भेदनगर्नु त्यति अप्ठेरो छैन। जनताको सेवा गर्नका लागि सत्ताको अपरिहार्यतालाई राम्ररी वुझेको एमाले वामपन्थी एकता को नाममा वावुरामको सरकारमा जानसक्ने सम्भावना उत्तिकै छ। वावुरामको रणनीतिभित्र यो काम पक्कैपनि लिपिवध्द छ। एमालेको सहारा पाएमा कांग्रेसको शेखी झार्न सहज हुनेछ वावुरामलाई। रह्यो कुरा वैद्य समूहको। त्यो समूह माओवादी मूलधारवाट अलग्गिए पनि र नअलग्गिए पनि टाउको दुखाउने काम प्रचण्डको हो। चित्र वहादुर केसी वाहेकका साना दलहरुका लागि सरकारमा सहभागिता गौरवको कुरा हो। अन्य अवस्थामा त वावुरामले तोप चलाउनै पर्दैन।
वावुराम स्वयंपनि चुनावी तोपको लक्ष्यभन्दा वाहिर हुनुहुन्न। उहाँले आगामी पाँच महिनाभित्र अहिले नेपाली समाजमा देखा परेका विभाजनका रेखाहरु कसरी मेटाउनु हुनेछरु जातीय राज्यको विरोध र समर्थनमा रहेका विभिन्न समूहलाई कसरी एकीकृत नेपाली देशका रुपमा संगठित गर्नु हुनेछरु राजनीतिप्रति विव्देषको हदसम्म पुगी सकेका नेपालीहरुलाई चुनावको वाकससम्म कसरी ल्याउनु हुनेछरु सर्वोपरि, सवै राजनीतिक दललाई मिलाएर चुनावको निष्पक्षता कसरी स्थापित गर्नु हुनेछरु यी प्रश्नहरु आजकै दिनवाट सोध्न थालिएका छन। उहाँले जनताका वीच लोकप्रिय हुन चढने गर्नु भएको मुस्तांग म्याक्स विग्रिसकेको छ। नेपालका धेरैजसो वाटाघाटा अहिले उहाँ चढी रहनु भएको स्करपियो जीपका लागि उपयुक्त छैनन। यस्तो अवस्थामा उहाँले अर्कातिर दाग्नु भएको चुनावी तोप उहाँ आफैतिर फर्किदैन भन्ने आधार अहिलेलाई छैन।
नेपाली नेताहरु इतिहासको अध्ययन गर्दैनन। वावुराम भट्टराई त्यसको अपवाद हुनुहुन्छ। तर, प्रो।केदारभक्त माथेमाले जोन ग्यालव्रेथलाई उद्धृतगंर्दै सोमवार दिउँसो एक भेटमा सुनाउनु भएको थियो, वामपन्थी नेताहरु वामपन्थी सिध्दान्त वाहेकका रचनाहरु पढदै पढदैनन। दक्षिणपन्थी नेताहरु त झन केही पनि पढदैनन।