Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024
बाल साहित्य तथा चित्रकला प्रतियोगिता सम्पन्न
वाशिंगटन डिसी- अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) डिसी मेट्रो च्याप्टरको आयोजनामा आइतवार भर्जिनियाको टाइसन कर्नरस्थित होटल शेराटनमा कविवर सिद्धिचरण जन्म सताब्दी विभिन्न साहित्यिक गतिविधिहरु गर्दै सम्पन्न भएको छ । कार्यक्रमको मुख्य आकर्षणको रुपमा १३ वर्षीय बालक अनमोल सिटौलाद्धारा रचित कविताहरुको संग्रह भ्वाइसेस अफ लिवर्टीको विमोचन गरिएको थियो भने बाल कविता एवं चित्रकला प्रतियोगिता पनि सम्पन्न भएको थियो ।
नेपालका युग कवि सिद्धिचरण श्रेष्ठप्रति श्रद्धान्जली अर्पण गर्दै सुरु भएको सो सम्मेलनमा प्रमुख अतिथि अमेरिकाका लागि नेपाली राजदूताबासका नियोग उपप्रमुख अर्जुनकान्त मैनालीले अनेसासले अमेरिकामा पनि नेपाली बच्चाहरुलाई साहित्य सिर्जना गर्न उत्प्रेरित गरेर नेपाली कला, संस्कृति र नेपालित्वको बोध गराउन उल्लेख्य काम गरेको जानकारी दिनुभयो ।
सभामा उपनियोग प्रमुख अर्जुनकान्त मैनाली र लिबर्टी मिडल स्कुल सेन्ट्रलभिलकी अंग्रेजी विभाग प्रमुख भिक्टोरिया सोनिबर्गरले बाल लेखक अनमोल सिटौलाको नवप्रकाशित कविता संग्रह भ्वाइसेस अफ लिवर्टीको संयुक्त रुपमा विमोचन गर्नु भएको थियो । पुस्तकको समीक्षा गर्दै स्थानीय बुद्धिजीवी मेदिनी अधिकारीले लेखकले सानै उमेरमा पनि जीवन-जगतका समग्र पक्षहरुलाई समेट्न सकेको र देखेको कुरालाई जस्ताको तस्तै पस्किने कोशिस गरेको टिप्पणी गर्नु भयो ।
लेखक अनमोल सिटौलाले धेरैजसो कविताहरु आफूले दुई तीन वर्षै अगाडि लेखिसकेको र अझै पनि लेखिरहने बचन वद्धता जाहेर गर्नु भयो । लेखककी आमा दुर्गा सिटौलाले अनमोलले आफ्नो धेरै समय एकान्तमा विताउने, भागेर भएपनि पुस्तकालय जाने र किताव बढ्ने गरेको प्रसंग उल्लेख गर्नुभयो ।
यसैगरी बाल कविता प्रतियोगितामा सुलेखा भण्डारी प्रथम, श्रेया पराजुली द्धितीय तथा रोसिता उपाध्याय र विवेचना निरौला तृतीय भएका थिए भने सीतल लुइटेल, एलिशा विश्वकर्मा, सन्देश ज्ञवालीले पनि आफ्नो रचना प्रस्तुत गरेका थिए । बाल कविता प्रतियोगिता तर्फका निर्णायकहरुमा गोपाल रेग्मी, गोपाल भण्डारी र मेदिनी अधिकारी हुनुहुन्थो ।
उता बाल चित्रकला तर्फ भने एलिजा अधिकारी प्रथम, रुमी ज्ञवाली द्धितीय र श्रेया पराजुली तृतीय हुनुभएको थियो भने अन्य प्रतिस्पर्धीहरुमा क्षीतिज नेउपाने, सारा केसी, अरुन थापा, क्षमता नेउपाने र शेराज केसी हुनुहुन्थ्यो । यस प्रतियोगिताका निर्णायकहरुमा नेपालका ख्यातिप्राप्त चित्रकारहरु विक्रान्तमान श्रेष्ठ, राजेन्द्र के।सी। र पर्ल रेग्मी हुनुहुन्थ्यो । दुबै प्रतियोगिताका विजयीहरुलाई प्रमुख अतिथि मैनालीले नगद तथा प्रमाणपत्रद्धारा सम्मान गर्नु भएको थियो ।
कार्यक्रममा बाल लेखक अनमोल सिटौलालाई अनेसास डिसी मेट्रोको तर्फबाट नेपाली नियोग उपप्रमुख अर्जुनकान्त मैनालीले प्रमाणपत्र सहित सम्मान गर्नु भएको थियो । उहाँले हाँस्य ब्यंग्य साहित्यलाई पनि डायस्पोरामा अगाडि बढाउनु पर्ने विचार व्यक्त गर्नु भयो ।
यसैगरी अनेसास केन्द्रीय बोर्ड अफ ट्रष्टीका अध्यक्ष होमनाथ सुबेदीले अन्तरराष्ट्रिय रुपमा अनेसासले गरेको प्रगतिको चर्चा गर्दै डीसी मेट्रो च्याप्टर अझ ससक्त हुनु पर्ने विचार राख्नु भयो । डीसी मेट्रोकी उपाध्यक्ष मञ्जु निरौलाले अतिथीहरुको स्वागत गर्नुको साथै युग कवि सिद्धिचरण श्रेष्ठको साहित्यिक योगदानकाबारेमा पनि प्रकाश पार्नु भएको थियो ।
सो अवसरमा अप्रतियोगी कविता वाचन गर्नेहरुमा दीपा अधिकारी, सृष्टी हुमागाई, सिर्जना मरासीनी, सुभद्रा पराजुली, मञ्जु निरौला, विमला निरौला, आनन्द शर्मा, गोपाल रेग्मी, खिमानन्द आचार्य, भीम रेग्मी, होमनाथ सुवेदी, रामशरण हुमागाईँ र गुणराज लुइँटेल हुनुहुन्थ्यो ।
संस्थाका महासचिव गुणराज लुइटेलले संचालन गर्नु भएको सो कार्यक्रमको सभापतित्व डि।सी। च्याप्टरका अध्यक्ष प्रकाश नेपालले गर्नु भएको थियो । कार्यक्रमको लागि डि।सी। नेपाली समरफेष्टका संचालिका सिवानी कार्कीले सभा हल उपलव्ध गराउनु भएको थियो भने बाल कविता प्रतियोगिताको स्पोन्सर साव रियल्टीका बासु सत्याल र बाल चित्रकला प्रदर्शनीको स्पोन्सर ट्राभल हाउस नेपालका अध्यक्ष मनोज श्रेष्ठले गर्नु भएको थियो ।
तपाईको प्रतिक्रिया