Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024
काठमाडौ- कांग्रेस र एमालेका जनजाति सभासदसमेत माओवादीद्वारा प्रस्तावित ‘प्रभावकारी एकल पहिचानमा आधारित संघीय संरचनाु का पक्षमा ढल्किएका छन् । मधेसी मोर्चा र जनजाति सभासद समूह (ककस) को बिहीबारको बैठकले मतदान भए त्यता जाने निर्णय गरेको हो ।
माओवादी लाइनमा उसका २३८ र मोर्चाका ७० छँदै थिए । ककसमा आबद्ध कांग्रेस-एमाले लगायतका ११० जनाले पार्टी निर्णय विपरीत मतदान गरे  प्रभावकारी एकल पहिचानका पक्षमा दुई तिहाइभन्दा बढी पुग्नेछ ।
मजदुर किसानमा ३, राप्रपा नेपालमा २ र राजमोमा १ जनजाति सभासद रहे पनि उनीहरूले ककसलाई सघाएका छैनन् । मोर्चा र जनजाति ककसको निर्णयलाई मुसलमान र दलितसहित स्वतन्त्र सभासदले समेत समर्थन जनाएका छन् ।
मोर्चा र मोर्चाबाहिर रहेका मधेसी दलहरू र जनजाति ककसको बिहीबार सिंहदरबारस्थित विकास समितिको बैठक कक्षमा बसेको बैठकले माओवादीले उठाउँदै आएको १४ र ११ प्रदेशको पक्षमा उभिने निष्कर्ष निकालेको हो । राज्य पुनर्संरचना तथा राज्य
शक्तिको बाँडफाँड समिति र राज्य पुनर्संरचना उच्चस्तरीय सुझाव आयोगको बहुमतको प्रतिवेदनलाई आधार बनाएर राज्य पुनर्संरचना हुनुपर्ने निष्कर्ष उनीहरूको छ ।
समितिले सात वटाभन्दा बढी जातीयसहित १४ र आयोगले एक गैर भूगोलसहित ११ प्रदेशको प्रस्ताव गरेको छ । माओवादी विगतदेखि नै १४ प्रदेशको पक्षमा भए पनि पछिल्लोपटक १० वटाको खाका प्रस्तुत गरेको थियो । ककस संयोजक पृथ्वी सुब्बा गुरुङ (एमाले) ले संविधानसभामा मतदान हुँदा ह्वीप नलाग्ने भएकाले पार्टीको निर्णयविपरीत भोट हाल्न कुनै समस्या नपर्ने बताए । ‘सदियौंदेखि उत्पीडनमा परेका समुदायका मागलाई एकातिर पन्छाएर राज्य पुनर्संरचना हुनै सक्दैन,’ गुरुङले कान्तिपुरसित भने, ‘पार्टीले हस्तक्षेप गरे दुर्घटना हुन्छ ।’
मोर्चा, जनजाति ककस, मुसलमान र स्वतन्त्र सभासदले समिति र आयोगकै प्रतिवेदनलाई आधार बनाई संघीय राज्य पुनर्संरचनाको पक्षमा दृढतापूर्वक उभिने प्रतिबद्धता जनाएका हुन् ।
मोर्चा आबद्ध मधेसी दलका शीर्ष नेता र माओवादी, एमाले, कांग्रेससहित विभिन्न दलका जनजाति सभासदले बिहीबार हस्ताक्षर गरी ‘एकल पहिचानसहितको संघीय राज्य पुनर्संरचना’ का लागि दल र संवैधानिक समितिमा पहल गर्ने निर्णय गरेका छन् । निर्णयमा मोर्चाका नेताहरू विजयकुमार गच्छदार, हृदयेश त्रिपाठी, महेन्द्रप्रसाद यादव, राजकिशोर यादव, अनिल झा र राजेन्द्र महतोसहित ककसका संयोजक गुरुङ, सभासदहरू किरण गुरुङ, पासाङ शेर्पा, माओवादी प्रमुख सचेतक देव गुरुङ, वर्षमान पुन, अमिक शेरचन, कांग्रेसका इन्द्रबहादुर गुरुङ र जिपछिरिङ लामाले हस्ताक्षर गरेका छन् ।
त्यसैगरी दलित जनजाति पार्टीका विश्वेन्द्र पासवान, संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चकी रूक्मिणी चौधरी, नेपाः पार्टीका बुद्धरत्न मानन्धर, जनमुक्ति पार्टीका मालवरसिंह थापा, मुसलमान सभासद सलाहुद्दिन मुसलमान र स्वतन्त्र सभासद सदरुल मियाँ हकसहित ३५ सभासदले हस्ताक्षर गरेका छन् ।
तपाईको प्रतिक्रिया