काठमाडौं – पत्याउनु हुन्छ मुलुकमा हजुर आमा-हजुर वुवाको लागि अस्पताल छैन । प्रसुती, वालवालिका, हाडजोर्नी, संक्रामक रोग, क्यान्सर, मृगौला, मुटू, लगायतका विभिन्न रोग वा समुहको लागि छुट्टै विशेषज्ञ सेवा दिने अस्पताल वा कम्तिमा वार्ड नै भए पनि जेरियाटि्रक(बुढापाकाहरु) अस्पताल वा वार्ड छैन । यो स्थिति सरकारी मात्र नभई निजी क्षेत्रमा समेत देखिएको छ ।
जेरियाटि्रक विशेषज्ञहरु बढी आयुका वयस्कको उपचारमा विशेषज्ञता प्राप्त गरेका हुन्छन । बृद्घावस्था संग सम्वन्धित उपयुक्त चिकित्साको लागि जेरियाटि्रक अस्पताल वा वार्ड आवश्यक मानिन्छ । औषधि र शल्यचिकित्सा सम्वन्धि सिद्घान्त सवै आयु वर्गको व्यक्ति माथि लागु भए पनि वृद्घावस्थाको सुक्ष्म जानकारीमा धेरै बढी अन्तर हुन्छ । जेरियाटि्रक उपचारको उद्देश्य वृद्घावस्थामा अपरिहार्य मृत्युलाई रोक्नु र जीवनको गुणस्तरमा सुधार गर्नु हो ।
‘मुलुकमा जेरियाटि्रक उपचारको सुविधा अत्यावश्यक छ’, नेपाल चिकित्सक संघका अध्यक्ष डा.किरण श्रेष्ठ भन्छन-‘किन किन यसले उमेरको अन्तिम अवस्थामा रहेका बुढापाका राज्यको प्राथमिकतामा न परेको भान दिन्छ ।’ डा.श्रेष्ठ सरकारले न सके नीजि क्षेत्रवाटै समेत जेरियाटिक उपचार सेवा वारे प्रयास गर्नु पर्ने आवश्यकता औल्याउछन ।
विश्वका अन्य भाग जस्तै मुलुकमा समेत पहिलेका दाजोमा हाल मनुष्यको उमेरमा बृद्घ हुदै गएको छ । स्वास्थ्य उपचारमा संलग्न सवै चिकित्सा केन्द्र, चिकित्सक नजिक उपचारको लागि आउने कमजोर र वयोवृद्घ रोगीको संख्यामा समेत पहिलेको दाजोमा बृद्घ देखिएको छ । स्वास्थ्य मन्त्रालय, जनसंख्या महाशाखाको अनुसार मुलुकमा करिव ७ प्रतिसत भन्दा बढी जनसंख्या जनसंख्या ६० वर्ष भन्दा माथिका छन ।
‘सरकार र निजी क्षेत्रमा वालवालिका, मुटू, स्त्रीरोग लगायतका सवै क्षेत्रका अस्पताल वा विशेष वार्ड उपलब्ध रहे पनि जेरियाटि्रक-वुढापाकाहरुको) अस्पताल वा वार्ड नहुन दुखद स्थिति हो’, बिर अस्पताल, कलेजो रोग विभागका प्रमुख प्रा.डा.अनिलकुमार मिश्र भन्छन-‘हरेक घरमा दुई चार जना बुढापाका छन तर मुलुकमा उनिहरुलाई उनिहरुकै आवश्यकता अनुसार दक्ष चिकित्सा दिने ठाउ र विशेषज्ञ छैन ।’
‘कम्तिमा प्रत्येक ठुला अस्पतालहरुमा एउटा जेरियाटि्रक वार्ड हुनु मुलुकको आवश्यकता हो’, मनमोहन कार्डियोथोरासिक एण्ड भास्कुलर सेन्टर का निर्देशक प्रा.डा.भगवान कोईराला भन्छन-‘जेरियाटि्रकमा आवश्यक तालिम प्राप्त दक्ष जनशक्तिको व्यवस्था हुनु पर्छ ।’
सामान्य चिकित्सकले भन्दा जेरियाटिक चिकित्सकले बुढापाकाको उपयुक्त गुणस्तरको उचित उपचार गर्न सक्ने जनाउदै प्रा.डा.मिश्र भन्छन-‘सामान्य र सवै घरमा विना डाक्टरी पुर्जाको उपयोग हुने औषधि सिटामोलको समेत बुढापाकालाई दिने मात्रा सामान्य व्यक्ति भन्दा फरक अर्थात उनको स्वास्थ्य स्थिति, मृगौला, कलेजो लगायतका अवस्थाहेरी दिनु पर्छ ।’ यस्तै बुढापाकाहरुलाई घेरै प्रकारको औषधि एकै पटक दिने गरिदैन जसको जानकारी जेरियाटि्रक विशेषज्ञलाइ राम्ररी हुन्छ ।
‘उमेर बढे पछि हाड खिईन्छ भन्ने कुरा सवै लाई थाहा छ , खिइएको हाडलाई युवाको जस्तो वनाउन सकिन्न’, डा.मिश्र भन्छन-‘तर जेरियाटि्रक उपचार प्रविधिमा राखेर त्यसलाई पुर्नस्थापना राम्रो संग गरियो भने जीवनको गुणस्तरलाइृ उकास्न सकिन्छ, जो हाल हुने गरेको छैन ।’ उनका अनुसार जापानमा आत्महत्या गर्ने दर युवा भन्दा जेरियाटिक उमेरमा बढी देखिनुको कारण मानसिक अस्वस्थता हो ।
मुलुकमा भएका आधा भन्दा बढी बुढापाकाहरु एक वा त्यस भन्दा बढी जीर्ण रोग वा अशक्तताले पिडित छन । विश्व स्वास्थ्य संगठन (डव्लुएचओ)को अनुमान अनुसार सन २०२० सम्म विकाशशील मुलुकमा हुने तिन चौथाई मृत्यु नसर्ने रोगले हुन्छ । मात्र वाकी रहेको एक चौथाइ मृत्यु सर्ने रोग चोट आदिले हुने छ ।
‘स्वास्थ्य मन्त्रालयले दुइ दशक यता चिकित्सकहरुमा जेरियाटि्रक उपचार तालिम लाई महत्व दिएको छैन’, प्रा.डा.मिश्र भन्छन-‘जेरियाटि्रक सेन्टर हाम्रो छिमेकी राष्ट्रहरु संगै विश्वका अधिकांश देशमा छन ।’ चिकित्सक संघका अध्यक्ष डा.श्रेष्ठ समेत सरकारले जेरियाटि्रक उपचार सेवा वारे पहल गर्ने मा शंका लागेको दावी गर्दे यसवारे नीजि क्षेत्रले पहल गर्नु पर्ने वताउँछन ।
स्वास्थ्य मन्त्रालयको मन्त्रालयको जेरियाटि्रक वारे कार्यक्रम रहेको स्विकार गर्दै स्वास्थ्य सचिव डा.प्रविण मिश्र भन्छन-‘ठुला अस्पतालहरु जेरियाटिक वार्डको वारे सरकारको सोच छ, तर यसमा समय लाग्छ ।’