Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024
काठमाडौँ- नेपाल उद्योग वाणिज्य महासंघको छयालिसौं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री बाबुराम भट्टराईले उद्योगी व्यवसायीलाई कुनै छलछाम नगरी कर तिर्न आग्रह गरेका छन् ।
‘म तपाइँहरुलाई पारदर्शी रुपमा आर्थिक कारोबार गर्न र कुनै छलछाम नगरी कर दायित्व निर्वाह गर्न आग्रह गर्दछु । तपाईले तिरेको करले तपाईकै वस्तु र सेवाको बजार विस्तार गर्छ’, प्रधानमन्त्री भट्टराईले भने ।
आफूले प्रधानमन्त्रीको जिम्मेवारी सम्हाले देखि नै शान्ति-प्रक्रियालाई टुंगोमा पुर्याउने र आर्थिक गतिविधिलाई तिब्रता दिने कामलाई एकै साथ लैजानु पर्छ भन्ने दृष्टिकोण लिएर अगाडि बढेको बताउँदै भट्टराईले भने, ‘म बाधा र अफ्ठ्यारोबाट अताल्लिएको छैन ।’
जेठ १४ सम्म शान्ति र संविधान निर्माणका काम पूरा हुने विश्वास उनले व्यक्त गरे ।
निजी क्षेत्रप्रति कटाक्ष गर्दै उनले भने- ‘निजी क्षेत्रको ढिलासुस्ती र असक्षमताले सरकारले संचालन गरेका विकास निर्माणका काम प्रभावित भएका छन् । विकास खर्च सुस्त भएको छ । ठेक्का लिने, मोबिलाइजेशन पेश्की लिइहाल्ने अनि काम नगर्ने । निर्माण व्यवशायीहरुको हेलचर्क्याईका कारण कतिपय सडक र पुल निर्माणका काम मन्द गतिमा छन् । यसको अन्त्य हुनै पर्दछ ।’
तपाईको प्रतिक्रिया