Deneme Bonusu Veren Siteler
शुक्रबार, पौष १९, २०८१
Friday, January 3, 2025
पाल्पा- माओवादी द्वन्दका बेला क्षतिग्रस्त भएको पाल्पा तानसेनस्थित ऐतिहासिक दरवार पुनःनिर्माण गर्ने काम ७५ प्रतिशत पुरा भएको छ ।
पहिलो पटक २०६७ साल असार मसान्तमा पुरा गर्ने गरी सम्झौता भएको दरवार निर्माण कार्यमा काठको समस्या भएको हुँदा दोस्रो पटक २०६९ जेठ २० गतेसम्म म्याद थप भएको थियो । शान्ति तथा पुनः निर्माण मन्त्रालयको ६ करोड ३५ लाखको लागतमा दरवार पुरानै शैली र स्वरुपमा निर्माण गर्ने सम्झौता भएको हो ।
४ तलामा ६३ कोठा र २ बुर्जा र वैठक हल समेत रहेको पुरानो दरवार वि.सं १९८३ सालमा प्रताप शमशेरले बनाएका थिए । अहिले सो दरवार कसका लागि जिर्णोद्वार गर्न लागिएको हो यहाँ चर्चा परिचर्चा बढेको छ ।
तपाईको प्रतिक्रिया