Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

दुबई – दुबई सरकारको श्रम मन्त्रालयको आयोजनामा गत फेब्रुअरी १८ बाट ९ मार्चसम्म दुबईमा खुला भलिवल प्रतियोगितामा नेपाली खेलाडि प्रताप खवास उत्कृष्ट खेलाडि भएका छन् ।

प्रतियोगिताको खेल हेर्न आएका दर्शकको मात्र नभएर खवास दुबईको श्रम मन्त्रालयका पनि उत्कृष्ट खेलाडि हुन पुगे । उनको खेलको प्रशंसा खेल मैदानमा मात्र नभएर दुबईको श्रम मन्त्रालयका मेजर जेनेरल, डाइरेक्टर जेनेरल डाइरेक्टोरेट अफ रेजिडिन्सी र फरेन अफेयर्स तथा दुबई लेबर अफयरसका परमानेन्ट कमिटिका चेयरमेन मोहम्मद अल मारीको कार्यालयसम्म खेलको प्रशंसा गरियो । उनको खेल देखेर दुबईका श्रम मन्त्रालयका सरकारी कर्मचारी समेतले प्रशंसा गर्न पछि परेनन् ।

गत १३ मार्च २०१२ का दिन श्रम मन्त्रायको मेजर जेनेरल श्रीअल मारीको कार्यालयमा खेलाडि प्रताप खवासलाई निम्ता गरी मायाको चिनो प्रदान गरे । सो मायाको चिनोमा खेलाडि खवासले अल मारीबाट प्रतियोगितकै उत्कृस्ट खेलाडिको पुरस्कार प्राप्त गरेको तस्वीरलाई फ्रेममा राखिएको छ । अर्को फ्रेममा खवासले प्रहार गरेका खेलका सर्टहरूलाई कैद गरिएको छ । नेपाली खेलाडि खवासको खेलबाट प्रभावित भई मेजर जेनेरल अलमारीले विशेष सम्मान दिएका हुन् । सो सम्मान कार्यक्रमका लागि पत्रकार सम्मेलन गरी मेजर जेनेरल अल मारीले उनको खेलबाट आफु निकै खुशी भएको र आगमी दिनमा हुनेखेलमा प्रताप खवासको खेल हेर्नका लागि स्वयं उपस्थित हुने बाचा गर्नु भएको थियो ।

यूएईमा नेपाली खेलाडिलाई यूएई सरकारको तर्फबाट सरकारी कार्यालयमा करिब एक घण्टा भेटी यसरी प्रशंसा गरिएको प्रथम पटक नै हो । खेलाडी खवासले यूएईमा कार्यरत सम्पूर्ण नेपालीहरूलाई गौरवान्वित बनाउनुका साथै शिर उचो पार्ने काम गर्नुका साथै दुबई सरकारलाई पनि नेपाली खेलाडि पनि उत्कृस्ट रहेछन् भनेर पहिचान दिलाउन सफल भएका छन् ।

लेबर स्पोर्टस फेस्टिबल २०१२ को अवसरमा सम्पन्न उक्त प्रतियोगितामा दुबईका कम्पनीहरू लिंगओरुक मिडिल इस्ट, डलासको, डिजर्ट ग्रुप, गल्फ न्यूज, जोतुन ग्रुप, अल हब्तुर, इम्रिल (इमार), एनोक ले भागलिएका थिए । प्रतियोगिताको फाइनल खेल लिंक ओरौर्की र डलास्को वीच भएको खेलमा डलास्कोले प्रथम स्थान हासिल गरेको थियो । सबै कम्पनीका खेलाडिहरूमा नेपाली खेलाडीको बर्चस्व रहेको थियो । प्रतियोगिताको उत्कृष्ट खेलाडिको पुरस्कार लिंग ओरुक मिडिल इस्टका खेलाडि प्रताव खवासले प्राप्त गरे ।

खेलाडि प्रताव खवास गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद यूएईका भलिवल टिमका क्याप्टेन समेत हुन् ।

तपाईको प्रतिक्रिया