Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

दुवई (युएई) – गत मार्च १० तारिखका दिन युएईको वरदुवईस्थित इम्पेरियल स्वीट होटलमा एक कार्यक्रम आयोजना गरि शेर्पा किंदुग युएईद्धारा शेर्पाहरुको लोसार छु फो डुक्लो २१३९ को पहिलो शेर्पा लोसार साँझ भव्य रुपमा सम्पन्न गरेको छ ।

शेर्पा किदुग युएईका अध्यक्ष पासाङ रिन्जी शेर्पाको सभापतित्वमा संचालित उक्त कार्यक्रममा युएईका लागि नेपालका कार्यवाहक राजदुत तथा उपनियोग प्रमुख दिपक अधिकारिको उपस्थित थियो । विशेष अतिथि नेपाल आदिवासि जनजाती महासंघ युएईका अध्यक्ष गिरमान थापाको उपस्थितिमा शेर्पा जातीको आफ्नो कार्यक्रम अनुसार लामा गुरुद्धारा विधिवत रुपमा पुजापाठ गरि कार्यक्रम सुरु गरिएको थियो । अन्य अतिथिको रुपमा तामाङ समाजका महेश मोक्तान, किंरात समाजका पिएस लिम्वु, किंरात राई समाजका कटक राई, मगर समाजका नुनप्रसाद सोमै, तमु समाजका डेरराज गुरुङ, राजु गुरुङ, पत्रकार महासंघका संकर ज्ञवाली, धरान दुवईका सोम तामाङ, ईलामेलिका तुलसी तामाङ, नेपाली समाचारका लालवहादुर ढेंगा, जनजाती महासंघका भुपु अध्यक्ष यम प्रसाद तमु, तथा भुवन राई, नेपाली समाजका ललित राना मगरको उपस्थिति थियो । कार्यक्रममा अतिथिहरुले मन्तव्य दिंदै आफ्नो संस्कृति कलालाई जोगाई राखेको भन्दै आउने दिनहरुमा पनि यस्ता कार्यक्रम गर्न हौसला मिलोस् भनी शेर्पाहरुको लोसार सांझलाई खुलेर प्रसंसा गरेका थिए ।

अन्तमा यो लोसार छयाङ रक्सी वियरवाट सुरु गरिने भए पनि अहिले त्यसको उपयोग नगरिकन आफ्ना जातीका सांस्कृतिक झांकी नांच गान प्रस्तुत गरिएको थियो । नाच गानको प्रस्तुतीले सवै दर्सकहरुले हुटिङको साथ डान्स पनि गरेका थिए । प्रमुख अतिथिबाट सम्मान प्रत्र वितरण गरिएको थियो भने कार्यक्रममा सहयोग गर्ने सवैलाई धन्यवाद दिंदै कार्यक्रम सम्पन्न गरियो ।

 

तपाईको प्रतिक्रिया