Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौं- गैरआवासीय नेपाली संघ परोपकारी परियोजनाले विगत चार महिनाको अवधिमा पौने दुइ करोड रुपैया बराबरको सहयोग उपलब्ध गराएको जनाएको छ ।संघले नेपालमा सामाजिक कार्यहरुमा आफ्नो स्थापनाकालदेखिनै योगदान दिदै आएको भएपनि पछिल्लो पटक पाचौं विश्व सम्मेलन पश्चात शुरु गरेको परोपकारी परियोजना अन्तरगत वितरित सहयोग स्वास्थ क्षेत्रमा १ करोड ४ लाख,शिक्षा क्षेत्रमा ५२ लाख र समाजिक क्षेत्रमा १५ लाख रुपैया रहेको छ ।
संघको घोषणा पत्रमा उल्लेख भएअनुसार सन्२०११-०१३को कार्य अवधिभित्र कम्तिमा एउटा परोपकारी योजना कार्यान्वयन गर्न समन्वय परिषदले आवश्यक गृहकार्य गरिरहेका छन् । बिहीबार नेपाल उद्योग वाणिज्य महासंघको बैठक कक्षमा आयोजित औपचारिक कार्यक्रममा संघका अध्यक्ष एवम् परियोजनाका सभापति जीवा लामिछानेले सहयोग स्वरुपको १० लाख रुपैया र जिन्सी सामान हस्तान्तरण गरे ।
उक्त रकम नेपाल लाईब्रेरी फाउण्डेसन, कौडन्य आश्रम, ब्लाईन्ड क्रप्स्, स्वर्गीय लक्ष्मी लामाको परिवार, स्वर्गीय राजेन्द्र गुरुङको परिवार, सरिता डि सी तथा हेल्प नेपाललाई ह्वील चेयर १० थान, देवघाट बृद्धाश्रमलाई पर्दाको सामाग्री रहेको छ । यसअघि अमृत साइन्स क्याम्पस ठमेललाई २५ लाख रुपैया बराबरको विज्ञान प्रयोगशालाका उपकरण तथा म्याग्दीको दरबाङमा ३ ओटा एम्बुलेन्स हस्तान्तरण भैसकेको छ  । सहयोग रकम तथा जिन्सी संकलनका लागि गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति जर्मनी र तमु समाज, एनसीसी जापान, नेपाली नारी कुञ्ज रुस, अमेरिकाजका उपसंयोजक राम खरेल र डेनमार्कका हाइसीसी सदस्य सोमनाथ सापकोटाले जुटाएका हुन् ।

त्यस्तै भौतिक उपकरण सामाग्री जुटाउन संघका प्रवक्ता डा. हेमराज शर्मा तथा एनआरएन युके , एम्बुलेन्सका लागि मोना युके सहयोग जुटाएका हुन् । चार महिनाको परोपकारी सहयोग जुटाउन एनसीसी नाइजेरिया,  मलेशिया, डेनमार्क, जापान, पोल्याण्ड, रुस, जर्मनी , इटाली, स्वीटजरल्याण्ड र युकेको पहल रहेको थियो । परोपकारी कार्यदलका सहअध्यक्ष सपीला राजभण्डारीले आगामी दिनमा समेत यो अभियानलाई तीब्र पारिने जनाईन् ।

कार्यक्रममा संघका महासचिव तेन्जी शेर्पा, नेपाल उद्योग वाणिज्य महासंघका निर्देशक डा.  हेमन्त दवाडी लगायतले सामाजिक सेवा भावनाले ओतप्रेत भई सहयोग जुटाउने कार्यमा सहभागी सबैप्रति आभार प्रकट गरे । ***

तपाईको प्रतिक्रिया