Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

ब्रुनाई –  भौगोलिक, ऐतिहासिक, सांस्कृतिक तथा पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले तेह्रथुम ओख्रेको ताकलुङ यकमा शुरु भएको (फागुन १, २ र ३ गते सम्पन्न हुने) त्रिदिवसिय महोत्सवलाई नेपाली मिडियामा छुट्टै पहिचान र लोकप्रियता कमाएको नेपालीसमाचारडटकम www.nepaliSamachar.com ले प्रत्येक्ष प्रसारण गर्ने भएको छ ।

बर्तमान मिडिया जगतमा सबैभन्दा प्रभावकारी देखिएको अनलाइन तथा लाइभ प्रसारणको लागि सम्बन्धित पत्रकारहरु आफ्नो उपकरणसहित काठमाडौबाट प्रस्थान भइसकेका छन् । लाइभ प्रसारणलाई अनलाइनमा सेभ पनि गरिने र संसारभरकाहरुले सजिल्लै हेर्न सकिने जनाइएको छ । महोत्सवको सम्पूर्ण कार्यक्रमलाई लाइभ प्रसारण गरिनेछ ।

उक्त महोत्सव सफल बनाउनको लागि छथरे समाज ब्रुनाईले नगद ९० हजार रुपैया सहयोग गरेको कुरा आर्थिक सचिव ज्ञानेन्द्र केबुकहाँङले जनाउनु भएको छ । आफ्नो भूमिमा पहिलो पटक सम्पन्न हुनगईरहेको महोत्सवको लागि ब्रुनाईका छथरेहरु जुर्मुराएका हुन दिलिप खजुमले बताउनु भयो ।

छथर इलाका भित्र तेह्रथुमका ९ गाविसहरु सुदाप, ओख्रे, पंचकन्या, फाक्चामारा, दाँगपा, फूल्लेक, बसन्तपुर, हमरजुङ, आङदिम र धनकुटाका १० गाविसहरु हात्तिखर्क, मूर्तिढुङ्गा, जितपुर, मारेककटहरे, घोर्लि सान्ने, ताङखुवा, परिवादिन, तेलिया, लेगुवा पर्दछन् ।

महोत्सवको लागि सिंगापुर, हङकङ, वेलायत, सिक्किम, ब्रुनाई लगायतका मुलुकहरुबाट शुभकामना प्राप्त भएको र सोचे भन्दा भब्य महोत्सव हुने कुरा आयोजक सचिव कमल तिगेलाले बतउनुभएको छ । कार्यक्रमको मुख्य अतिथि अर्थ राज्यमन्त्री हरीराज खेवा रहनुहुनेछ भने तेह्रथुम तथा धनकुटाका सभासदहरु, नेतागण, कलाकारहरुको उपस्थिति रहने जनाइएको छ । ***

तपाईको प्रतिक्रिया