Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

काठमाडौं – मलेसियामा एक नेपालीको मंगलवार विहान मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुली ८ घर भई हाल क्वालालम्पुरको एचएसपि ग्रेट प्याक कम्पनीमा कार्यरत ३६ वर्षिय प्रकाश वराल रहेका छन् । सोमवार आफ्नो नियमित काम सकेर सुतेका बराल राति करीव दुईवजेतिर एक्कासि छटपटाएका थिए । एक्कासी छटपटाएका वरालको अस्पताल लैजादै गर्दा मृत्यु भएको हो ।

साथी भाईको सहयोगमा विहान करीव ६ वजेतिर अस्पताल पुरयाउंदा वरालको ज्यान गइसकेको सुगाईवुलो अस्पतालले जनाएको छ । वाइस महिना अघि मात्रै टस मेनपावरवाट मलेसियामा रोजगारीको लागि आएका वरालको परिवारमा एक छोरा, एक छोरी र श्रीमती रहेको वुझिएको छ । श्रीमति भने रोजगारीको सिलसिलामा इजरायलमा रहेको बुझिएको छ । मृतक वरालको शवलाई पोसमार्टमगरी नेपाल पठाउने तयारी भइरहेको छ । ***

 

तपाईको प्रतिक्रिया