Deneme Bonusu Veren Siteler
शुक्रबार, पौष १९, २०८१
Friday, January 3, 2025
कञ्चनपुर (बेलौरी)- नयाँ चुनावको माग गर्ने राप्रपा नेपालका अध्यक्ष कमल थापाकै बाटो कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाले पनि रोजेका छन् । उनले आगामी जेठ १४ गतेभित्र पनि संविधान नबने अर्को चुनावमा जानुपर्ने बताएका छन् ।
प्रेस युनियन कञ्चनपुरद्वारा आइतबार आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो- ‘संविधानको म्याद धेरैपटक थप्नुहँुदैन’, त्यसैले जेठ १४ मा संविधान जारी हुन नसके अर्को चुनावमा जानुपर्छ ।’
राज्य पुनःसंरचनाका लागि आयोगका कारण संविधान निर्माणमा बाधा उत्पन्न भएको नेता देउवाको आरोप थियो । कैलाली र कञ्चनपुरलाई टुक्रयाएर जातीय भड्काउ फैलाउन खोजिएको आरोप लगाउँदै उहाँले सुदूरपश्चिममा कर्णाली र भेरीलाई पनि समावेश गराएर एक राज्य बनाउनुर्ने विचार राखे ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता देउवाले आफ्नो पार्टीभित्रको विवाद तत्कालका लागि मात्रै टुङ्गिएको प्रतिक्रिया दिए । माओवादीले शिविर छोडेर हतियार नबुझाएसम्म र कब्जा सम्पत्ति फिर्ता नगरेसम्म शान्ति-प्रक्रिया पूरा हुन नसक्ने उनको दाबी थियो ।
यसैबीच हिन्दु धर्म बचाऔँ अभियान नेपालले भारतीय सीमा सुरक्षा बल (एसएसबी) द्वारा सीमाक्षेत्रमा नेपालीमाथि भइरहेको ज्यादती रोक्न देउवासँग आग्रह गरेको छ ।
तपाईको प्रतिक्रिया