काठमाडौं– अघिल्लो वर्षको असोजमा भएको महाधिवेशनपछि विवादमा फसेका कांग्रेस सभापति सुशील कोइराला र बरिष्ठ नेता शेरबहादुर देउवा मिलेका छन् ।
भ्रातृ संस्थाको नेतृत्व विघटनपछि झन् टाढिएका दुई नेताबीच बल्ल तालमेल भएको हो । विघटित महिला संघमा देउवा निकट डिना संग्रौला र तरुण दलमा उदय राणा र नेविसंघमा संस्थापनका रन्जित कर्णलाई संयोजक तोकेपछि विवाद मिलेको हो ।
‘अब कांग्रेस एक हुन्छ,’ देउवा निकट केन्द्रीय सदस्य एनपी साउदले आइतबार बिहान भने, ‘पार्टी एक ढिक्का भएर शान्ति र संविधान निर्माणमा लाग्नेछ । उनले कांग्रेस विवादले समग्र शान्ति प्रक्रिया नै ओझेलमा परेको बताए ।
भ्रातृ संस्थाको नेतृत्व विघटन गरेपछि देउवाले केन्द्रीय सदस्यबाटै राजीनामा दिएका थिए । तर स्वीकृत भएको छैन । ***