आइतबार, आषाढ २३, २०८१
Sunday, July 7, 2024
काठमाडौं– अनमिनले ‘अयोग्य’ ठहर गरे पनि माओवादी पार्टीमै रहेका पूर्व लडाकुहरुले माओवादी नेतृसमेत रहेकी शान्ति तथा पुननिर्माण मन्त्री सत्य पहाडीको आग्रह मानेनन् ।
सम्पुर्ण बन्द हड्ताल लगायतका विरोधका कार्यक्रम स्थगन गरि समस्याको समाधानका लागि शान्तिपूर्ण वार्तामा आउन गरेको आग्रह उनीहरुले मानेनन् । ‘अयोग्य’ लडाकुहरुले बिहीबार उपत्यका बन्द आह्वान गरेका हुन् ।
पूर्व जनमुक्ति नेपालले क्रमबद्धरुपमा गर्दै आएको क्षेत्र बन्द प्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै मन्त्री पहाडीले शान्तिपूर्ण वार्तामा आउन आह्वान गरेकी थिइन् ।  तर पूर्व लडाकुहरुले सरकारले पटक–पटक झुक्याएको भन्दै वार्तामा आउन अस्वीकार गरेका हुन् ।
तपाईको प्रतिक्रिया