आइतबार, आषाढ २३, २०८१
Sunday, July 7, 2024
काठमाडौं-एकीकृत नेकपा माओवादी केन्द्रीय समितिको बैठक आज पनि बस्दैछ । पार्टी केन्द्रीय कार्यालय कोटेश्वरमा बिहान ११ बजे सुरु हुने आजको बैठकमा पनि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपाध्यक्ष मोहन वैद्यको राजनीतिक प्रस्तावमाथि बाँकी केन्द्रीय सदस्यहरूले आफ्नो भनाइ राख्ने छन् ।
हिजोसम्म एक सयभन्दा बढी सदस्यले आ-आफ्नो टिप्पणी राखिसकेका छन् । पुस ९ गते सुरु भएको बैठकमा अध्यक्ष प्रचण्डले जारी शान्ति र संविधान लेखनको प्रक्रियालाई प्राथमिकता दिनुपर्ने दृष्टिकोणसहित प्रस्ताव  पेश गरेका थिए ।
त्यसको तीन दिनपछि बसेको केन्द्रीय समितिको बैठकमा वरिष्ठ उपाध्यक्ष वैद्यले अध्यक्षको प्रस्तावमाथि विमति जनाउँदै लिखित रुपमै अर्को समानान्तर प्रस्ताव दर्ता गराएपछि  केन्द्रीय सदस्यहरूले आ-आफ्नो दृष्टिकोण राख्ने क्रम चलिरहेको छ ।
तपाईको प्रतिक्रिया