दाङ (तुलसीपुर)- नेकपा(एमाले)का केन्द्रीय सदस्य एवं पूर्व ऊर्जामन्त्री गोकर्ण विष्टले सरकारले चाहेमा अहिले हुँदैआएको लोडसेडिङ आधा हटाउन सकिने बताउनुभएको छ ।
दाङबाट प्रकाशन हुँदैआएको गणतन्त्र राष्ट्रिय दैनिकको पाँचौँ वाषिर्कोत्सव समारोहलाई घोराहीमा सम्बोधन गदै पूर्व ऊर्जामन्त्री विष्टले बढ्दो विद्युत् चुहाउट रोक्न र ठूला उद्योगसँग भएका डिजल प्लान्टको सदुपयोग गर्नसकेमा अहिलेको लोडसेडिङ आधा घटाउन सकिन्छ भन्नुभयो ।
देशमा भइरहेको विद्युत् चुहावटलाई १० प्रतिशतमात्र रोक्न सके देशभर हाल हुँदैआएको लोडसेडिङ तीन घन्टा कम गर्न सकिने र सात दिनभित्र १५० मेगावाट विद्युत् उत्पादन गर्न सकिने दाबी पनि गर्नुभयो ।
विष्टले भन्नुभयो- ‘ऊर्जा सङ्कट निराकरणका लागि मैले सरकारलाई ९१ पृष्ठ प्रतिवेदन बुझाएँ, तर पनि सरकार गम्भीर भएन ।’