Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024
धनगढी- नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले जनमत गुम्दै गएपछि बाबुराम भट्टराई सरकार तानाशाही बन्न खोजिरहेको आरोप लगाएका छन । मंगलबार धनगढीमा पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष खनालले बाबुराम सरकारले सत्ता टिकाउनका लागी अनेक हर्कत गर्न थालेको बताए ।
‘सत्तामा बस्नेहरु जव जनमत गुमेर आतंकित हुन्छन, त्यसपछि कानुन विपरित काम गर्न थाल्छन, सुचनामा अवरोध गर्छन र तानाशाही बन्न तर्फ जान्छन्,’ उनले भने, ‘डाक्टर बाबुरामको सरकारले अहिले यही गर्दै छ ।’
सुचनामा अंकुश लगाएर प्रधानमन्त्रीले तानशाही बन्न खोजेको उनको भनाई थियो ।
‘सत्तामा वसिराख्‍नका लागि सुचनामा अंकुश लगाउने लगायतका अनेक हर्कत गर्दै छ,’ उनले भने, ‘तर कुनै हालतमा पनि बाबुरामको सरकार टिक्नेवाला छैन ।’
सुचनामा अंकुश लगाउने निर्णय फिर्ता लिन नेपाल पत्रकार महासङ्घले गरेको आन्दोलन प्रति एमाले पार्टीको सहानुभूति रहेको उनले बताए ।
सरकारको अंकुश लगाउने निर्णयका बिरुद्ध अन्य दलहरुसँग छलफल गरेर के कदम चाल्ने भनेर एमालेले निर्णय लिने उनको भनाई थियो ।
‘प्रेस स्वतन्त्रताका बिपक्षमा सरकारले गरेको निर्णयको एमाले निन्दा र बिरोध गर्दछ,’ उनले भने, ‘अन्य दलसँग छलफल गरेर कदम चाल्छु।’
सरकारले कब्जागरेका सम्पत्तिलाई बैधता दिने लगायतका असंवैधानिक र गलत निर्णय फिर्ता नलिन्जेल सम्म संसद चल्न नदिने उनले बताए ।
‘असंवैधानिक र कानुन विपरितका निर्णय फिर्ता नलिन्जेल सम्म संसद अबरुद्ध भइरहन्छ,’ उनले भने ।
तपाईको प्रतिक्रिया