Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024
काठमाडौ- स्वाथ्य तथा जनसंख्या मन्त्री समेत रहेका सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले एक महिनाभित्र शान्ति र संविधान निर्माणको काम अघि नबढे प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको सरकारलाई कसैले बचाउन नसक्ने बताएका छन् । रिपोर्टर्स क्लबको साक्षात्कारमा बोल्दै उनले भने- ‘शान्ति प्रक्रिया अगाडि नबढे अब सरकार ढल्छ , कसैले पनि बचाउन सक्दैन, यसको विकल्प छैन ।’
मन्त्री महतोले ४ महिनासम्म पनि शान्ति, संविधान र मधेसका सवाल पुरा नभएकोले मधेसी मोर्चाकै हैसियतमा प्रश्न उठेको दावी गर्दै यी कुरा पुरा नभए मन्त्री बन्नलाई मात्रै मधेसी पार्टी फोडेर मोर्चा निर्माण गरेको प्रमाणित हुने ठोकुवा गरे । उनले भने- ‘मोर्चाको अस्तित्वमा प्रश्न उठेको छ, यो शान्ति, संविधानको लागि हो कि मन्त्री बन्न भनेर ।’ अब जुन उद्देश्यले मोर्चा बनाएको हो त्यो पुष्टि गर्नु पर्ने उनको धारणा थियो ।
जनसत्ताको कामलाई वैधानिकता दिने मन्त्रीपरिषदको निर्णय कुनै हालतमा कार्यान्वयन हुनै नसक्ने उनले ठोकुवा गरे ।
तपाईको प्रतिक्रिया