Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०२, २०८१
Wednesday, January 15, 2025

टोकियो – जापान सरकारले आगामी ९ जुलाई २०१२ बिदेशीहरुको लागि हालसम्म कायम रहेको एलाइन रजिष्ट्रेशन कार्डको सट्टामा आवासीय कार्ड दिने ब्यवस्था गर्दै मध्यम तथा लामो अवधिको भिसाको समयावधि बढाउने लगायत थप केही सुविधाहरु उपलब्ध गराउने भएको छ ।

अध्यागमन नियन्त्रण कानुन तथा एलाइन रजिष्ट्रेशन कानुनको आधारमा लागू गरिने उक्त नयाँ ब्यवस्था अनुसार बिशेषतः ४ वटा बूँदामा परिवर्तन आउनेछन् । जसअनुसार, नयाँ आवासीय कार्डको बितरण गरिनेछ, भिसाको अधिकतम अवधि हालको ३ बर्षबाट बढाएर ५ बर्ष पुर्‍याइने छ, पुनःप्रबेश (रि–इन्ट्रि) को ब्यवस्थामा परिवर्तन हुनेछ र एलाइन रजिष्ट्रेशन कार्डको ब्यवस्थाको अन्त्य हुनेछ ।

यस ब्यवस्थाअनुसार मध्यम तथा लामो अवधिको भिसामा ३ महिनाको र ५ बर्षगरी २ प्रकारको अवधि थप हुनेछ । ३ महिनाभन्दा कम अवधिको भिसा भएका अर्थात् छोटो अवधिको लागि जापान प्रबेश गरेका बिदेशी नागरिकहरुलाई भने नयाँ आवासीय कार्डको ब्यवस्था गरिने छैन । जापानको लागि स्थायी भिसा भएकाहरुले नयाँ ब्यवस्था लागु हुने मिति अर्थात् जुलाई २०१२ देखि ३ बर्षभित्रमा नयाँ आवासीय कार्डको लागि आवेदन दिनुपर्ने छ । नयाँ आवासीय कार्डको लागि यहि जनवरी १३ तारिखदेखि आवेदन लिन शुरु गरिसकिएको छ ।

नयाँ व्यवस्था सम्बन्धी विस्तृत जानकारीः

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया