विराटनगर- नेपाली कांग्रेसकी नेतृ सुजता कोइरालाले शान्ति प्रकृया टुंगो लगाई मुलुकमा स्थिरता कायम नगरे माओवादी पार्टी समाप्त भएर जाने बताउनुभएको छ ।
प्रेस युनियन मोरङले आज विराटनगरमा गरेको पत्रकार सम्मेलनमा वोल्दै नेतृ कोइरालाले माओवादी पार्टी र प्रधानमन्त्रीले शान्ति प्रकृया टुंगो नलगाई आलटाल गरीरहे उनिहरुलाई कार्यकर्ताले नै साथ नदिएर समाप्त हुने दावी गर्नुभएको हो ।
नेतृ कोइरालाले केहि मधेशवादी दल र माओवादीका नेताहरु अप्रजातान्त्रीक तत्वहरु संग बसेर शान्ति प्रकृया भंग गर्ने प्रयासमा लागेको आरोप लगाउंनुभयो ।
उहांले अप्रजातान्त्रीक तत्वहरु संग सांठगांठ गरे उनिहरुको भविष्य समेत समाप्त हुने चेतावनी दिनुभयो ।
कांग्रेस केन्दि्रय सदस्य कोइरालाले एमाले र माओवादीले दुई दुई पटक सरकारको नेतृत्व गर्दा समेत शान्ति प्रकृया र संविधान निर्माण हुन नसकेकोले अब नेपाली कांग्रेसले सरकारको नेतृत्व लिएर सारा समस्या समाधान गर्नुपर्ने धारणा राख्नु भएको थियो ।
बाबुराम भट्टराईको नेतृत्वको सरकारले सेना समायोजन, पुर्नस्थापना र ब्यवस्थापन गरीसकेपछि उहांकै नेतृत्वमा राष्ट्रिय सहमतीको सरकार निर्माण गर्ने र संविधान निर्माण गरीसकेपछि नेपाली कांगे्रेसले चुनाव गर्ने माओवादी र नेपाली कांग्रेस विच भएको सहमती समेत माओवादीले तोडेको नेतृ कोइरालाको आरोप थियो ।