Deneme Bonusu Veren Siteler
शुक्रबार, पौष १९, २०८१
Friday, January 3, 2025
सुनसरी- सूचना तथा संचार मन्त्री जयप्रकाशप्रसाद गुप्ताले मुलुकको संचार नीति विदेशले बनाउन नसक्ने बताउनुभएको छ ।
संचार सम्बन्धी बिभिन्न संघ-संस्थाले विदेशी संस्थाले नेपालको संचार नीति बनाउन खोजेकोले यसलाई रोक्नुपर्ने बताइरहँदा संचार मन्त्रीको यस्तो अभिव्यक्ति आएको हो ।
जापानी संस्था जाइकासँग कसरी नीति बनाउने सवालमा सल्लाह मात्र लिन खोजिएको बताउदै उहाँले यसलाई अन्यथा लिन नहुनेमा जोड दिनुभयो ।
एक अर्को प्रसङ्गमा उहाँले काँग्रेस र एमालेले भनेजस्तो उत्तर, दक्षिण जोडेर बनाइने प्रदेश मान्य नहुने बताउनुभएको छ । उहाँले कुनै पनि हालतमा मधेसी मोर्चालाई यो स्वीकार्य नहुने बताउनुभयो ।
सप्तरी सदरमुकाम राजविराजमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले काँग्रेस, एमालेले नयाँ बखेडा झिकेको बताउनुभयो ।
समग्र मधेसलाई जोडेर प्रदेश बनाउनुपर्नेमा जोड दिदैं मन्त्री गुप्ताले अन्यथा अन्य बिधीले गरिने राज्यपुर्नसंरचना आफूलाई मान्य नहुने ठोकुवा गर्नुभयो ।
तपाईको प्रतिक्रिया