Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024
काठमाडौँ-माओवादीका नेताहरू शान्ति-संविधान कि जनविद्रोह भन्दै दुई कित्तामा विभाजित भइरहेको बेला अविवाहित पोलिटब्युरो सदस्य पम्फा भुसाललाई भने आफ्नो पार्टीबाट लोग्ने-स्वास्नी पालैपालो मन्त्री हुने कुराले पीर परेको रहेछ । उनले गत शुक्रबार केन्द्रीय कमिटीको बैठकमा लामो व्याख्या गर्दै प्रश्न गरिन्- ‘कमरेडहरू, हामीले यसैका लागि जनयुद्ध गरेका थियौँ  ?’
रामबहादुर थापासँग सम्बन्ध राखेको कुराको हरेक दिनका विवरण लिखित रुपमा अध्यक्ष पुष्पकमल दाहाललाई बुझाएर थापामाथि कारबाही गराउन सफल भए पनि हालसम्म अविवाहित रहेकी पम्फाले कहिले श्रीमान र कहिले श्रीमती गर्दै पालैपालो मन्त्री हुन नहुने कुरा जमेर गरेकी थिइन् ।
उनको भनाइ थियो- ‘के हामीले क्रान्ति यसैका लागि गरेका थियौँ  ? के जनताले चाहेको कुरा यही हो  ?’ उनी र थापा दुवै अहिले मन्त्री छैनन् । फम्फाको सङ्केत अध्यक्ष दाहालनिकट तीन दम्पतीप्रति थियो, जो पालो गरी-गरी मन्त्री भए । स्थायी समिति सदस्य वर्षमान पुन अहिले अर्थमन्त्री छन् भने यसअघि उनी मन्त्री हुन नपाउँदा दाहालले पुनकी श्रीमती ओनसरी घर्तीलाई युवा तथा खेलकुदमन्त्री बनाएका थिए ।
त्यसैगरी, यसअघि स्वास्थ्यमन्त्री रहेका उनीनिकट पोलिटब्युरो सदस्य शक्ति बस्नेतले अहिले मौका नपाउँदा उनकी श्रीमती सत्या पहाडी शान्ति तथा पुनर्निर्माणमन्त्री छन् । यसैगरी, बाबुराम भट्टराई र हिसिला यमी एउटै मन्त्रिपरिषदमा सँगै मन्त्री पनि भए र पछि हिसिला दुईपटक मन्त्री भइन् ।
त्यही दिनको बैठकमा पोलिटब्युरो सदस्य राम कार्कीले ‘किरणको दस्तावेजले पार्टीलाई बङ्गलादेश पुर्‍याउँछ’ भन्ने टिप्पणी गरेका थिए । उनको भनाइ थियो- ‘एकताका बङ्गलादेशमा रहेको शक्तिशाली कम्युनिस्ट आन्दोलनलाई यस्तै उग्र नीतिले समाप्त पार्‍यो ।’ उनले प्रचण्डको प्रतिवेदनलाई पनि पूरै आँखा चिम्लेर समर्थन गर्न नसकिए पनि किरणको तुलनामा भने ठीक रहेको टिप्पणी गरे । उनले भने- ‘प्रचण्डको प्रतिवेदनले कम्तीमा पश्चिम बङ्गालसम्म पुर्‍याउँछ ।’ भारतको पश्चिम बङ्गालमा निर्वाचनबाट तीन दशकसम्म कम्युनिस्ट पार्टीले सरकार चलाइएको प्रसङ्गतर्फ उनको सङ्केत थियो ।
प्रधानमन्त्रीका सल्लाहकार रहेका देवेन्द्र पौडेलले भने बैठकमा एमालेको युथ फोर्सको त्रास देखाएका थिए । उनको भनाइ थियो- ‘हामी फुट्यौँ भने युथ फोर्सले निशाना लगाउँछ, ख्याल गरौं  है कमरेडहरू ।’ कृष्णबहादुर महराले गणतन्त्र घोषणा गर्ने दिन किरण भाग्न खोजेको प्रसङ्ग निकाल्दै अहिले क्रान्तिकारी कुरा गर्न नसुहाउने चेतावनी दिएका थिए ।
तपाईको प्रतिक्रिया