शुक्रबार, आषाढ २१, २०८१
Friday, July 5, 2024
सप्तरी- सप्तरीको पकरीमा बिहीबार राति भएको आगलागीमा गाउँनै सखाप भएको छ । आगलागीमा गाउँ ध्वस्त हुदा ४६ परिवार घर बिहीन भएका छन् ।
पकरी-२ का जगदेव मण्डलको गोठमा बालेको घुरबाट राति साढे १० बजे आगलागी भएको प्रहरीले बताएको छ । आगलागीमा मण्डलका दुई वटा घरसहित ४६ परिवारका घर जलेको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ । घर, लत्ताकपडा, अन्न र धनमाल जल्दा एक करोड २५ लाख रुपैयाँ बराबरको क्षति भएको बताइएको छ ।
स्थानीयबासी, प्रहरी, सशस्त्र प्रहरी र दमकलले राति १ २५ बजे आगो नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ ।
तपाईको प्रतिक्रिया