शुक्रबार, आषाढ २१, २०८१
Friday, July 5, 2024
काठमाडौं– नयाँ संविधानका झण्डै दुई सय विवाद मिलाउँदै माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको विवाद समाधान उपसमितिको म्याद सकिएको छ ।
पछिल्लोपटक शुक्रबार १४ वटा विवाद मिलाएपछि संवैधानिक समिति अन्तर्गतको विवाद समाधान उपसमितिको म्याद सकिएको हो । दाहालले राज्य पुनर्संरचनाबाहेक सवै विवाद मिलिसकेको बताए । उनले बाँक विवाद संवैधानिक समितिमै मिलाएने जानकारी दिए ।
बैठकमा उपसमिति अन्तर्गतको कार्यदलले बिहीबार सहमति जुटाएका र बाँकी विवादित बिषयमा छलफल गरि त्यसलाई अनुमोदन गरिने बताइएको छ । कार्यदलका संयोजक लक्ष्मणलाल कर्णले छलफलका लागि सहमतिको उक्त खाकालाई प्रस्तुत गरेका थिए ।
यसैबीच उपसमितिको म्याद सकिएपछि सदस्यहरुले दाहालको भूमिका महत्त्वपूर्ण रहेको प्रतिक्रिया दिएका छन् । ‘पार्टीभित्र विवाद रहँदा रहँदै प्रचण्डजीले जुन हिम्मतका साथ सक्रिय रहनुभयो, यसले महत्त्वपूर्ण आधार तय गरेको छ,’ संवैधानिक समिति सभापति निलाम्बर आचार्यले जानकारी दिए ।
तपाईको प्रतिक्रिया