शुक्रबार, आषाढ २१, २०८१
Friday, July 5, 2024
काठमाडौं- बहिर्गमनमा परेका लडाकुहरुले आफ्ना मागहरु पूरा नभएको भन्दै शुक्रबार मध्यपश्चिम क्षेत्रबन्दको आहृवान गरेका छन् ।
बन्दका कारण बिहानैदेखि दाङका मुख्य बजारसहित मध्यपश्चिम क्षेत्र प्रभावित भएको छ । लामो तथा छोटो दुरीका सवारी साधनहरु संचालनमा आउन सकेका छैनन् । बजार कलकारखाना समेत बन्द छन् ।
बहिर्गमनमा परेका लडाकुहरुले अयोग्यताको विल्लाखारेज गरिनुपर्ने, आर्थिक प्याकेज एकमुष्ट प्रदान गरिनुपर्ने लगायतकामाग राखेका छन् । उनीहरुले बिहीबार सूदुर पश्चिमबन्द गरेका थिए । आफ्ना मागहरु पूरा नभएसम्म आन्दोलनका कर्यक्रम जारी राख्ने उनीहरुको भनाइ छ ।
तपाईको प्रतिक्रिया