शुक्रबार, आषाढ २१, २०८१
Friday, July 5, 2024
नयाँ दिल्ली- भागवत् गीताको रुसी संस्करणमा प्रतिबन्ध लगाउने बारेको मुद्दा रुसी अदालतले खारेज गरिदिएको छ।
साइबेरियाको सहर टम्सकको अदालतमा दायर गरिएको मुद्दामा भागवत् गीता ‘कट्टरपन्थी’ भएको अभियोग लगाइएको थियो। रुसी विदेश मन्त्रालयका अनुसार गीतामाथि नभइ यसमाथि लेखिएको टिप्पणीलाई लिएर विवाद उत्पन्न भएको थियो।
टिप्पणीय इस्कोनका संस्थापक एसी भक्तिवेदांता स्वामी प्रभुपादले गरेका थिए। कृष्ण अनुयायीका वकिलले फैसलाको स्वागद गरेका छन्। हरेकृष्ण समूहको रुसमा फैलँदो लोकप्रियतालाई कम गर्न चर्चको कोसिस भएको कृष्ण अनुयायीको धारणा छ।
भागवत् गीतामाथि प्रतिबन्ध लगाउन माग गर्दै अदालतमा मुद्दा दर्ता भएको विषयलाई लिएर नेपाल, भारत सहितका मुलुकमा चर्को आलोचना भएको थियो। भारतीय विदेशमन्त्री एसएम कृष्णाले आधिकारिक रुपमा रुस समक्ष विरोध जनाएका थिए।
तपाईको प्रतिक्रिया