मंगलबार, आषाढ १८, २०८१
Tuesday, July 2, 2024
काठमाडौं– पार्टीभित्रको विरोधका कारण एमाले नेता केपी शर्मा ओली सभासद् हुने सम्भावना क्षीण भएको छ ।
अध्यक्ष झलनाथ खनालले ओलीलाई सभासद् हुन प्रस्ताव गर्ने तयारी गरे पनि महासचिव ईश्वर पोखरेल र केही जनजाति सभासद्हरुको विरोधका कारण सम्भवना टर्न लागेको छ । तर खनालले उनलाई बरियताक्रममा तेस्रो स्थान दिन प्रस्ताव गरेका छन् ।
शुक्रबार बसेको स्थायी कमिटी बैठकमा खनालले बरियताक्रममा तेस्रो स्थान दिन प्रस्ताव गरेको स्थायी समिति सदस्य भरतमोहन अधिकारीले जानकारी दिए ।
एमाले उपाध्यक्ष बामदेव गौतमले पार्टीभित्र आन्तरिक एकता कायम गर्न ओलीलाई तेस्रो स्थान दिन लागेको जानकारी दिए । ‘ओलीले आठौं महाधिवेशनमा अध्यक्षमा पराजय हुनुभएको हो, सम्पूर्ण कम्युनिष्ट आन्दोलनमै हार्नुभएको होइन,’ उनले भने, ‘त्यसैले उहाँलाई सम्मान साथ अध्यक्ष झलनाथ खनाल र बरिष्ठ नेता माधवकुमार नेपालपछिको स्थान दिन लागेका हौं ।’
गौतमका अनुसार ओलीलाई तेस्रो स्थान दिन लागेकामा नेता नेपाल सकारात्मक भए पनि महासचिव ईश्वर पोखरेल असन्तुष्ट रहेको खुलाए । हारेका व्यक्तिलाई पनि बरिष्ठता दिने, पद र शक्तिमा लगे जित्नेको अवमुल्यन हुने पोखरेलले बताए ।
तपाईको प्रतिक्रिया