Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
नेपालको असल मित्रराष्ट्र प्र.ज.ग. कोरियाका महान् नेता तथा युग पुरुष किम जोङ इलको निधन अस्ति शनिवार यही डिसेम्बर १७ तारिखमा स्थानीय समय अनुसार साढे आठ बजे भएको समाचारले सम्पूर्ण कोरियाली जनतालाई मात्र नभई नेपाली जनतालाई पनि शोक विह्वल बनाएको छ । एक युग पुरुषको निधन वास्तवमा प्रजातान्त्रिक जनणतन्त्र कोरियाको लागि अपूर्णीय क्षति हो । सरकारी समाचार संस्था कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसिएनए) का अनुसार किमको मृत्युले मुलुक शोक मग्न छ । सर्वसाधारण पीडा र निराशामा छन् ।
एक टेलिभिजनबाट दृश्यमा केटा–केटी, युवा– युवती, वृद्ध–वृद्धा सबै राजधानी प्योङयाङमा भाव विह्वल भई स्व. किमप्रति अगाध आस्था र प्रेम व्यक्त गरिरहेका देखिन्छ । आफ्ना प्रिय नेताको निधनले उनीहरुलाई ठूलो चोट पु¥याएको स्पष्ट हुन्छ । किम जोङ इलले आफ्नो मुलुकको प्रगति र जनताको सुख, समृद्धिका लागि गरेका योगदान निश्चय पनि कोरियाली प्रायद्वीपको इतिहासमा स्वर्ण अध्याय बनेको छ । स्वर्गीय नेता किम इल सुङद्वारा प्रतिपादित जुचे विचारधारालाई सशक्त बनाउन र सो अनुरुप देश हाँक्न किम जोङ इल लोकप्रिय नेताको रुपमा स्थापित हुन सफल थिए, जो विश्वका सामु रहेनन् । ६९ वर्षको उमेरमा सधैंका लागि अलविदा भए ।
कोरियाको राष्ट्रिय टेलिभिजनका अनुसार बढी शारीरिक र मानसिक कार्यका कारण महान् नेता किमको निधन भएको हो । केसिएनएले स्व. किमका कान्छा छोरा किम जोङ उनको समर्थन र उनको निर्देशन मान्न देशवासीलाई अपिल गरेको छ । किम जोङ इलको निधन भएपछि कोरियाको उत्तराधिकारीका रुपमा इलका छोरा उनलाई नियुक्त गरिएको हो । नव नियुक्त नेता उन कोरियाको क्रान्तिकारी पार्टीमा रहेर एक प्रखर विचारधारा अनुयायीका रुपमा उनले यस अघि पार्टी हाँकेको प्रसंगले के स्पष्ट गर्छ भने आफ्ना पिता इलले जस्तै उनले पनि कोरियाको स्वतन्त्रता, राष्ट्रिय अस्तित्व तथा गौरव र स्वाधिनताका लागि हर किसिमको बाह्य हस्तक्षेपको सामना गर्नमा सफलता पाउनेमा कुनै सन्देह छैन ।
किम जोङ इलको निधनपछि अमेरिका र युरोपियन मुलुकहरुले कोरियाको आणविक कार्यक्रममा परिवर्तन हुने अपेक्षा राखेर उनको नेतृत्वलाई प्रभावित पार्ने योजना बनाउन सक्छन् तर, त्यो योजना प्र.ज.ग. कोरियाको राष्ट्रवादी अडानका सामु तुहिने पक्का छ ।
मर्निङ स्टारका रुपमा उनलाई सन् २००९ जनवरीमा किम जोङ इलले उनलाई उत्तराधिकारीको रुपमा प्रस्तुत गर्दै शक्तिशाली राष्ट्रिय प्रतिरक्षा आयोगको उपाध्यक्षमा नियुक्त गरेकाले पनि के कुरा बुझ्न सकिन्छ भने उन राष्ट्र हाँक्न सक्षम छन् । सत्तारुढ वर्कस पार्टी र अन्य सरकारी निकायले संयुक्त वक्तव्य जारी गर्दै भनेको छ– ‘किम जोङ उन क्रान्तिका महान् उत्तराधिकारी, सेना र जनताका चर्चित नेता हुन् ।
हाम्रा नेता उनको नेतृत्वमा हामीले दुःखलाई शक्ति र साहसमा बदल्नु पर्छ ।’ किन जोङ इलको दुःखद् निधनको बेलामा प्र.ज.ग. कोरियाका नेता किम जोङ उनले आफ्ना पिता स्व. किम जोङ इलको सपना र इच्छा पूरा गर्न र कोरिया र कोरियाली जनताको समुन्नतिका लागि उल्लेखनीय योगदान दिने वचन प्रकट गरी २ करोड ३० लाख जनताको पीडामा मलमपट्टी लगाउन सकून् भन्ने कामना गर्दै हामी स्व. किम जोङ इलको दिवंगत आत्मामा चीर शान्ति मिलोस् र शोक सन्तप्त कोरियालीले दुःखको घडीमा धैर्य धारण गर्न सकून् भनी परमेश्वरसँग हार्दिक प्रार्थना गर्दछौं ।
तपाईको प्रतिक्रिया