मंगलबार, आषाढ १८, २०८१
Tuesday, July 2, 2024
काठमाडौं- नेपाली सेनासँग सल्लाह नगरी छुट्टै बटालियन बनाएर तीन हजार मधेसी भर्ना गर्न गरेको निर्देशनपछि असन्तुष्ट प्रधासेनापति छत्रमान सिंह गुरुङले  बिहीबार बिहान राष्ट्रपति रामवरण यादवसँग भेट गरेका छन् ।
प्रधानसेनापतिले सेनाका परमाधिपति समेत रहेका यादवलाई भेटेर सरकारी निर्णयप्रति असन्तुष्टि जनाएका छन् । मधेसी समुदायका लागि मात्र भर्ना खोल्ने सरकारी निर्णयबाट नेपाली सेना असन्तुष्ट रहेको उनको भनाइ थियो । मन्त्रिपरिषद्को मंगलबारको बैठकले शाहीकालमै स्वीकृत ३ हजार ४० दरबन्दीमा अर्थ मन्त्रालयबाट बजेट निकासा गरी मधेसी र मधेसी मूलका आदिवासी, दलितलगायतलाई भर्ना गर्न रक्षा मन्त्रालयलाई निर्देशन दिएको थियो ।
प्रधानसेनापति छत्रमानसिं गुरुङले यो विषयलाई लिएर बुधबार बिहान प्रधानमन्त्री बाबुराम भट्टराईलाई बालुवाटारमा भेटेका छन् । स्रोतका अनुसार भट्टराईले निर्णयबारे प्रष्ट जानकारी दिएनन् ।
तपाईको प्रतिक्रिया