सोमबार, आषाढ १७, २०८१
Monday, July 1, 2024
काठमाडौ– मंगलबारदेखि हप्तामा ६९ घण्टा लोडसेडिङ हुने भएको छ । हाल सातामा ४२ घण्टा लोडसेडिङ हुँदै आएकोमा मंगलबारदेखि ६९ घण्टा हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
नयाँ तालिकाअनुसार हप्तामा दैनिक २ पटकका दरले ४ दिन ११ घण्टा, एक दिन १० घण्टा र एक दिन ९ घण्टा विद्युत् आउने छैन भने एक दिन भने एकैपटक ६ घण्टा लोडसेडिङ हुनेछ ।
नदीहरुमा पानीको बहाव घटेकाले विद्युत् उत्पादन कम भएको र माग भने बढेकाले लोडसेडिङको समय बढाउनु परेको प्राधिकरण भार प्रेषण केन्द्रका प्रमुख चिरञ्जीवी शर्माले जानकारी दिए ।
प्राधिकरणले ४० देखि ५० प्रतिशत विद्युत् चुहावट हुने ठाउँमा तालिकाभन्दा २ घण्टा बढी र ५० प्रतिशतभन्दा बढी चुहावट हुने फिडरमा दैनिक ३ घण्टाभन्दा धेरै लोडसेडिङ गर्ने जानकारी पनि दिएको छ ।
तपाईको प्रतिक्रिया