सोमबार, आषाढ १७, २०८१
Monday, July 1, 2024
काठमाडौं– नेपाली कांग्रेसका कार्यकर्ताले गरेको विरोध प्रदर्शनका कारण राष्ट्रपति डा. रामवरण यादव ललितपुरको गोदावरीबाट हेलिकोप्टरमा शीतल निवास फर्किनुभएको छ । गोदावरीमा रहेको सेन्टजेभियर्स स्कूलको वार्षिकोत्सवमा भाग लिन गएका राष्ट्रपतिलाई आकस्मिक बन्दका कारण हेलिकोप्टरबाट शीतल निवास पुर्‍याइएको ललितपुर प्रहरीले जनाएको छ ।
कांग्रेस भातृ संस्थाहरुले तरुण दलका चितवन अध्यक्ष शिव पौडेलको निधन लगत्तै आकस्मिक बन्द आह्वान गरेपछि राष्ट्रपतिलाई हेलिकोप्टरबाट निवास पुर्याइएको हो ।
पौडेलको न्यूरो अस्पतालमा उपचारका क्रममा शनिबार बिहान ज्यान गएको हो ।
तपाईको प्रतिक्रिया