Deneme Bonusu Veren Siteler
शुक्रबार, पौष १९, २०८१
Friday, January 3, 2025
काठमाडौं – एकीकृत नेकपा माओवादीका सचिव सीपी गजुरेलले चिनियाँ प्रधानमन्त्रीको भ्रमण स्थगित हुनु सरकारको कमजोरी भएको आरोप लगाउनुभएको छ ।
गजुरेलले भ्रमण स्थगित भएको विषयमा प्रधानमन्त्री डा. बाबुराम भट्टराईले संसदमा जवाफ दिनुपर्ने माग गर्नुभएको छ ।
व्यवस्थापिका संसदको शुक्रबारको बैठकमा गजुरेलले चिनीयाँ प्रधानमन्त्रीको भ्रमण स्थगित हुनु प्रधानमन्त्री र सरकारको असफलता भन्दै यसबारे जनमानसमा आएका जिज्ञासाका बारेमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग गर्नुभयो ।
‘शान्ति प्रक्रिया अघि बढाएको र चिनियाँ प्रधानमन्त्रीको भ्रमणलाई ठूलो उपलब्धीका रुपमा लिएको यो सरकारका प्रधानमन्त्रीले संसदमा जानकारी दिनुपर्छ’, गजुरेलले भन्नुभयो, ‘निर्धारण भैसकेको भ्रमण स्थगित हुनु निकै लाजमर्दो कुरा हो ।’
तपाईको प्रतिक्रिया