Deneme Bonusu Veren Siteler
बिहिबार, पौष १८, २०८१
Thursday, January 2, 2025
काठमाडौं– संस्थापन र नेता शेरबहादुर देउवाबीच तीब्र अन्तर्संघर्ष भइरहेकाबेला प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक नगरकोटको भ्याली भ्यू रिसोर्टमामा सुरु भएको छ ।
लन्च र डिनरसहित हुने बैठकमा संविधान निर्माणका बारेमा दलहरुबीचमा देखिएका विवादका बारेमा सभासदहरुसँग अन्तर्क्रिया भइरहेको कांग्रेस मुख्य सचेतक लक्ष्मणप्रसाद घिमिरेले जानकारी दिनुभयो । दलको बैठकका लागि सभासदहरु सोमबार बिहान कांग्रेस संसदीय दलको कार्यालयमा जम्मा भएर नगरकोट गएका छन् ।
बैठकमा राज्य पुनर्संरचना तथा संविधान निर्माणमा देखिएका शासकीय स्वरुप, निर्वाचन प्रणाली तथा न्याय प्रणालीका बारेमा छलफल हुने बताइएको छ । बैठकमा बिषेश गरि राज्य पुनर्संरचनाका बिषयमा सभासदहरुको सुझाव लिने तथा पार्टीको राज्य पुनर्संरचनाका लागि बटमलाइन तयार पार्ने बताइएको छ । त्यस्तै शासकीय स्वरुप तथा निर्वाचन प्रणालीका बारेमा पनि सभासदहरुसँग सुझाव लिइने बताइएको छ ।
कांग्रेसले वरिष्ठ नेता शेरबहादुर देउवा र संसदीय दलका नेता रामचन्द्र पौडेलको संयोजकत्वमा भिन्नाभिन्नै समिति गठन गरी राज्य पुनर्संरचना, शान्ति र संविधान लेखनका बारेमा अवधारणा तय गरेको थियो ।
यसैगरी बैठकमा पार्टीभित्र पछिल्लो समय देखिएको विवादका विषयमा पनि छलफल हुने बताइएको छ । यस्तै विवाद कसरी समाधान गर्न सकिन्छ भनेर सभासद्हरुले धारणा राख्ने कार्यक्रम रहेको छ ।
भ्रातृसंस्था बिघटन गर्ने केन्द्रीय समितिको निर्णय पछि चुलिएको आन्तरिक विवाद हाल सार्वजनिक कार्यक्रमहरुमा समेत देखिँदै आएको छ ।
तपाईको प्रतिक्रिया