काठमाडौं- नेकपा एमालेका सभासद् एवं उद्योगपति विनोद चौधरी र ताररहित इन्टरनेट सेवाका सुरुआतकर्ता महाबीर पुनले सक्रियता देखाएका छन् ।
उनीहरुले नवलपरासीको दुर्गम गाउँ अर्खला र बुलिङटारमा ताररहित इन्टरनेट सेवा पुर्याउन काम सुरु गरेका छन् । चौधरीले त्यसका लागि संविधानसभा सदस्य भएबापत पाएको ३० लाख रुपैयाँ प्रदान गरेका छन ।
चौधरी र पुनका अनुसार ती दुई गाविसका पाँचवटा विद्यालयमा ताररहित इन्टरनेट सेवा पुर्याउन काम सुरु भएको छ । ‘दुई महिनाभित्र सेवा पुगिसक्छ,’ पुनले भने ।