शुक्रबार, आषाढ १४, २०८१
Friday, June 28, 2024
काठमाडौं– सार्वजनीक लेखा समितिले कलङ्कीमा बन्दै गरेको आकाशे पुलको निर्माण रोक्न पटक–पटक निर्देशन दिए पनि सरकारले मानेको छैन ।
यसै विषयमा छलफल गर्न समितिले बिहीबार बिहान भौतिक योजना तथा निर्माणमन्त्री, स्थानीय विकासमन्त्री, सो मन्त्रालयका सचिव र काठमाडौँ महानगरपालिकाका प्रमुख तथा कार्यकारी अधिकृतलाई उपस्थित हुन निर्देशन दिएको छ ।
कलङ्कीमा बन्दै गरेको आकसे पूलको निर्माण कार्य रोक्न समितिले बारम्बार निर्देशन गरेतापनि सो कार्य नरोकिएको भन्दै भौतिक योजना तथा निर्माणमन्त्री हृदयस त्रिपाठी र स्थानीय विकासमन्त्री टोपबहादुर रायमाझीलाई उपस्थित हुन निर्देशन दिएको हो ।
समतिका सभापति रामकृष्ण यादवले लेखा समितिको निर्देशन कार्यान्वयन भए नभएको बारे  जानकारी लिन तीनै पक्षलाई समितिमा बिहान ११ बजे बोलाउने निर्णय गरिएको बताउनुभयो ।
बैठकमा सभासद्हरुले लेखा समितिले बारम्बार निर्माणाधीन आकासे पुल सोही नक्साका आधारमा नबनाउन निर्देशन गरेको तर निर्माण कार्य भने नरोकिएको भन्दै आपत्ति जनाएका थिए ।
तपाईको प्रतिक्रिया