Deneme Bonusu Veren Siteler
मंगलबार, माघ २९, २०८१
Tuesday, February 11, 2025
टोकियो पछिल्लो एघार महिनामा नेपाल जाने विदेशी पर्यटकको संख्यामा २१.५ प्रतिशतले बृद्धि भएको छ । गत जनवरीदेखि नोभेम्वर सम्म नेपाल भित्रिएका पर्यटकको संख्या ५ लाख १२ हजार २ सय ६४ पुगेको छ ।
‘यो नेपालको पर्यटन इतिहासकै उच्च हो’ नेपाल पर्यटन बोर्डले बिहीबार जारी गरेको बिज्ञप्तिमा भनेको छ । नोभेम्वर महिनामा मात्र  ५८ हजार १ सय ५६ पर्यटक आएका थिए ।
दक्षिण एशियाली मुलुकहरु मध्ये बंगलादेशलाई छाडेर सबै मुलुकबाट नेपाल आउने पर्यटकको संख्या बढेको छ । भारतको २२.१, श्रीलंकाको २२.१ र पाकिस्तानबाट नेपाल घुम्न आउनेको संख्या २७.४ प्रतिशत बढेको छ ।
यो सँगै गत जनवरीदेखि नोभेम्बर सम्म हवाई मार्गबाट नेपाल आउने पयर्टकको सख्या ५ लाख ६२ हजार २ सय ५ पुगेको छ । पयर्टन बर्ष २०११ मा १० लाख पयर्टक भित्र्याउने लक्ष्य राखिएपनि डिसेम्बर महिनाको सख्या र स्थलमार्ग बाट आउने पयर्टकको सख्या जोड्दा ८ लाखको हाराहारीमा पुग्ने दाबी पयर्टन बोर्डले गरेको छ ।
पर्यटन बोर्डले जारी गरेको तथ्यांक अनुसार चीनबाट नेपाल आउने पर्यटकको संख्या सबै भन्दा धेरै १४९.४ प्रतिशतले बृद्धि भएको छ । त्यसैगरी जापानको ६.२, मलेसियाको १६.९ र सिंगापुरको ११.३ प्रतिशत पर्यटक बढेको छ ।
त्यसैगरी नेदरल्याण्ड, स्वीटजरल्याण्ड, अमेरिका, क्यानडा, अष्ट्रेलिया र न्यूजील्याण्डबाट आउने पर्यटकको स‌ंख्यामा पनि बढोत्तरी भएको छ । ***

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया