Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024
काठमाडौँ- संविधानसभाको म्याद थप र शान्ति प्रक्रियाका विषयमा छलफल गर्न राष्ट्रिय दलहरुले गठन गरेको कार्यदलको बैठकमा संविधानसभाको म्याद छ महिना थप्नुपर्नेमा सबै सदस्य एकमत भएको कार्यदलका सदस्य कृष्णप्रसाद सिटौलाले बताए।
सिंहदरबारस्थित शान्ति तथा पुनःनिर्माण मन्त्रालयमा आज बसेको बैठकमा शान्ति प्रक्रियाका काम केही अघि बढेकामा कार्यदलले खुसी व्यक्त गरेको कार्यदलका सदस्य पोस्टबहादुर बोगटीले बताए।
उनले बेपत्ता खोजबिन र सत्यनिरुपण तथा मेलमिलाप आयोगको विषयमा पनि कार्यदलमा छलफल भएको जानकारी दिए।
सिटौलाले माओवादीले द्वन्द्वकालमा कब्जा गरेको घरजग्गाको विषयमा सहमतिअनुसार अघि बढ्न माओवादीलाई अनुरोध गरिएको जानकारी दिए।
तपाईको प्रतिक्रिया