मंगलबार, आषाढ ११, २०८१
Tuesday, June 25, 2024
काठमाडौं– माओवादी बरिष्ठ उपाध्यक्ष मोहन वैद्य ‘किरण’ पक्षधरले आफ्नै पार्टीका उपाध्यक्ष डा. बाबुराम भट्टराई नेतृत्वको सरकार गिराउन पहल गरेको खुलासा भएको छ ।
वैद्यपक्षीय पोलिट्ब्युरो सदस्य एवं पूर्वमन्त्री खड्गबहादुर विश्वकर्माले औचित्य सकिएको सरकार फ्याल्न छलफल चलाउनु अपराध नभएको टिप्पणी गरे । ‘हामीले यो सरकारको औचित्य सकिएको पहिल्यै नै घोषणा गरेका थियौं,’ समुद्रपारि डटकमसँग शुक्रबार बिहान उनले भने ।
उनले मंसिर १४ अघि नै भट्टराई नेतृत्वको सरकारले राजीनामा दिनुपर्ने बताए । भट्टराईले नयाँ सरकार बनाउन बाटो खोल्नुको विकल्प नरहेको उनले उल्लेख गरे ।
तपाईको प्रतिक्रिया