Deneme Bonusu Veren Siteler
आइतबार, पौष १४, २०८१
Sunday, December 29, 2024
पोखरा– नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले राष्ट्रिय सहमतिको सरकार बनेमात्र शान्ति र संविधान निर्माण प्रक्रिया टुंगोमा पुग्ने बताउनुभएको छ । बिहीबार पोखरामा नेकपा एमाले गण्डकी अञ्चल स्तरीय कार्यकर्ता भेलाको उद्घाटन गर्दै अध्यक्ष खनालले शान्ति र संविधानका लागि कात्तिक १५ गते भएको सहमति अन्यन्तै महत्वपूर्ण रहेको बताउनुभयो ।
सात बुँदे सहमति कार्यान्वयको विकल्प नरहेको भन्दै अध्यक्ष खनालले यसका लागि सरकारको नेतृत्व गरिरहेको माओवादी जिम्मेवार हुनुपर्ने बताउनुभयो । खनालले सरकारको पछिल्लो गतिविधी राष्ट्रको हित विपरित भएको टिप्पणी समेत गर्नुभयो ।
सरकारले ईतिहासकै सवैभन्दा ठूलो मन्त्रीमण्डल गठन गरेर राष्ट्रका लागि वोझ थपेको भन्दै निर्णय तत्काल शंसोधनको माग गर्नुभयो । एमाले अध्यक्ष झलनाथ खनालले, मुलुकमा नयाँ संविधानका लागि वातावरण वनिरहेको पनि वताउनुभएको छ ।
तपाईको प्रतिक्रिया